
कैलाली । कञ्चनपुरमा १६ बर्षकी किशोरीले आफूमाथि सामूहिक बला त्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । ५ दिनसम्म बन्धक बनाएर सामूहिक बला त्कार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दर्ता भएको छ ।
जिल्लाको बेल्डाडी गाउँपालिकामा ५ मा मामाको घरमा बस्दै आइरहेकी किशोरी भदौ १४ गते देखि बेपत्ता भएकी थिइन् ।
उनका मामाले भाञ्जी हराएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए । किशोरीलाई भदौ १९ गते गाउँपालिकाको वडा नं. १२ आरा मिल नजिक प्रहरीले फेला पारेको थियो । त्यसपछि प्रहरीले किशोरीलाई मामाको जिम्मा लगाए ।
तर, घटनाको केही दिनपछि किशोरीले आफूमाथि सामूहिक बला त्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । ‘४ जना युवाले बला त्कार गरेको भन्दै ठाडो उजुरी परेको छ’ प्रहरी स्रोतले भन्यो ।
५ दिनसम्म लागू औषध खुवाएर बन्धक बनाएर बला त्कार गरेको उजुरीमा किशोरीले उल्लेख गरेकी छन् ।
प्रहरीकै दबाबमा किशोरीले पहिलो दिन घटनाबारे नबताएको आरोप लागेको छ । ‘किशोरीले आफूलाई प्रहरीले दबाब दिएको भनेकी छन्’ प्रहरी स्रोतले भन्यो ‘आ’रोपित प्रहरीमाथि समेत कारबाही प्रक्रिया सुरु भइसकेको छ ।’
बला त्कार गरेको आ’रोप लागेका ४ जना अहिले फरार छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
















































। २४ भाद्र २०७७, बुधबार