कोरोनाको बहानामा व्यापारीको मनपरी, बजार अनुगमनमा सरकारी पक्ष चुपचाप

कालीबहादुर नेपाली 

जाजरकोट । कोरोना महामारीले यतिबेला देश आक्रान्त बनेको छ । यही महामारीको मौका छोपेर बजारमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव सिर्जना गरिएको छ ।

जाजरकोटका बजारमा सामानको अभाव देखाएर उपभोक्ताबाट चर्को मुल्य असुल्ने काम भइरहेको छ । त्यति मात्र होइन, आर्थिक रुपमा जर्जर बनेको नागरिकको जीवनलाई थप पीडादायी बनाउने काम भइरहेको छ । राज्यका संयन्त्रहरु कोरोना महामारीमा केन्द्रीत भइरहँदा बजारमा व्यापारीहरुको दादागिरी नै चलेको छ । सामानको दोब्बर मुल्य तोक्ने र त्यो मुल्य नभएमा नागरिकलाई सामानको अभाव देखाउने काम भइरहेको उपभोक्ताको गुनासो छ ।

यसले दैनिक मजदुरी गरेर छाक टार्दै आएका परिवार र आर्थिक अवस्था कमजोर भएका परिवारको छाक खोसिने अवस्था सिर्जना भएको सरोकारवालाहरुको भनाई छ । महामारी भन्दै सामान नै छैन भन्ने र भए पनि दोब्बर मुल्य लिने काम भइरहेको छ । स्थानीय प्रशासनले जाजरकोटमा मौसमी बजार अनुगमन गर्ने गरेको छ । गत बर्षको दशैमा बजार अनुगमन गरेको प्रशासनले त्यसभन्दा केही समय फाटफुट रुपमा बजार अनुगमन गरे पनि खासै चासो नदिएको स्थानीयको आरोप छ । यस वेला कोरोना महामारीले विक्षिप्त बनेका स्थानीय समानको मुल्य दोब्बर तिर्नुले हैरान परेका छन ।

काम गरेर खाने मजदुर परिवारको रोजगारी गुम्यो त्यसैमाथी कालोबजारीले परिवार पाल्नै मुस्किल भएको छ । कालोबजारीकरण रोक्न सरकारले कुनै चासो नदिएको उपभोक्ताको भनाई छ ।

मुल्यसुची विना, नुन देखि सुन सम्म एउटै पसलमा

जाजरकोटमा सञ्चालन भईरहेका पसलहरु मुल्यसुची विना सञ्चालन भइरहेका छन । उपभोक्ताले मागेको वेला मुल्यसुची छैन भन्दै व्यापारी पठाइदिन्छन् । उपभोक्तालाई कुन समान कति मुल्यको थाहा हुदैन । व्यापारीहरुले कालोबजारी गरेको पत्तै हुदैन ।

जिल्लामा सञ्चालित पसलहरुमा नुन देखि सुन सम्म एकै पसलमा पाइन्छन । व्यापारीहरुले समान किनेको विल सम्म नदिएको उपभोक्ताको गुनासो रहेको छ । सरकारले कुन वस्तु कहाँ राख्ने निश्चित मागदण्ड बनाए पनि जाजरकोटमा कुनै नियम नै लागु भएका छैनन ।

कोरोना महामारीले विक्षिप्त बनेका उपभोक्ता व्यापारीहरु बाट ठगिनुले प्रशासन नभएको स्थानीयहरुको भनाई छ । पसलमा, नुन,चामल, औषधी, सावुन लगायतका खाद्य वस्तु र अखाद्य वस्तु एउटै पसलमा पाइन्छ । यसले गर्दा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने जानकारहरु बताउँछन ।

बजार अनुगमन किन ?
ऐनको दफा ३०, ३१ र ३२ ले बजार अनुगमन किन गर्ने भन्ने व्याख्या गरेको छ । कसैले अनुचित व्यापारिक क्रियाकलाप, बजारमा एकाधिकार, वस्तु वा सेवाको मूल्य वा आपूर्ति व्यवस्थालाई प्रभावित पार्ने काम, कमसल वस्तुको उत्पादन वा बिक्री वितरण गरिरहेको जस्तो अवस्था पाईने अनुगमन जरुरी हुने ऐनमा उल्लेख छ ।

ऐनअनुसार बजार निगरानी गर्ने निकाय मार्फत सूचना आएमा मन्त्रालय वा विभागले सो सम्बन्धमा तत्काल आवश्यक जाँचबुझ वा निरीक्षण गर्न गराउन सक्छन् । उपदफा ३ ले जाँचबुझ वा निरीक्षणबाट दोषी देखिएका उत्पादक, डिलर, एजेण्ट, बिक्रेता, व्यक्ति वा संस्थालाई यस ऐन वा प्रचलित कानून बमोजिम कारबाही गर्ने व्यवस्था गरेको छ ।

यस्तै दफा ३१ ले आकस्मिक निरीक्षण गर्न सक्ने व्यवस्थामा उपभोक्ताको हक, हित संरक्षणका लागि बजारको आकस्मिक निरीक्षण गर्न सक्ने उल्लेख गरेको छ । ऐनको परिच्छेद ४ ले निषेधित कामहरु भने व्यवसायी वा व्यापारीले के गर्न हुँदैन भन्ने उल्लेख गरेको छ । ऐनले निषेधित गरेको काम गरे अनुगमन मार्फत जुनसुकै बेला कारबाही गर्न सकिने उल्लेख छ ।र्

कमजोर अनुगमनले समस्या बनायो’
उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले कमजोर अनुगमनले समस्या बनाएको बताए । उनले भनेर्, सरकारी पक्षले मौसमी बजार अनुगमन गर्ने भएकोले समस्या भएको छ ।’ हप्तै पिच्छे बजार अनुगमन हुदैन, बर्षमा एकपटक बजार अनुगमन हुन्छ । अनुगमनमा पनि बजारमा म्याद गुज्रेको समानको मात्र अनुगमन हुन्छ कति नवीकरण गरिएका छन, छैनन, दर्ता भएका छन छैनन , भन्ने अनुगमन हुदैन यसले गर्दा उपभोक्तालाई समस्या परेको उनको भनाई छ ।

कोरोनाको वेला जिल्लामा आपुर्ति हुने समानमा सहजता नुहँदा समेत व्यापारीले महंगो मुल्यमा वितरण गर्न बाध्य भएको स्वीकार गरे । अन्धो सरकारले गर्दा यहाँका उपभोक्तालाई समस्या भएको उनको भनाई छ । सरकारी पक्षले बजार अनुगमनमा चासो दिने हो भने बजारमा कालोबजारी अन्त्य हुने उनले जिकिर गरे ।

जाजरकोटमा कालोबजारी खासै भएको छैन । सेवा गरे वाफत केही सेवा लिनु यो वेला नयाँ कुरा नभएको समेत बताए । सरकारी पक्षका कारण यहाँका व्यापारीले कर तिरे पनि हुने नतिरे पनि हुने भईरहेको गुनासो पोखे ।

छिट्टै बजार अनुगमन गरिन्छ ः प्रजिअ बराल

जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले छिट्टै बजार अनुगमन गरिने बताए । कोरोना महामारीको बहाना गरी उपभोक्ता बाट चर्काे मुल्य उठाउने गरेको गुनासो आइरहेको छ । त्यसलाई तत्काल रोक्न बजार अनुगमन गरिने भेरीमालिका दैनिकलाई जानकारी दिए । उनले भनेर्, जाजरकोट मात्र होइन देशभरीको यो समस्या हो ।

विशेष गरी कर्णालीकै दुर्गम जिल्ला भएकोले जाजरकोटमा कालोबजारी भईरहेको गुनासो आइरहेको छ ।’ कालोबजारी रोक्न तत्काल बजार अनुगमन गर्ने प्रअिज बरालले बताए । बजार अनुगमन गर्ने कुरो कहाँ कहिले, भन्ने हुदैन, सबै संग भेटघाट भईसक्यो अव तत्काल बजार अनुगमन थाल्ने दावी गरे । भेरीमालिका दैनकि

तपाईको प्रतिक्रिया