
जाजरकोट । समुदाय स्तरमा कारोना भाइरसको सङक्रमण फैलने जोखिम भएपछि बिभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जाजरकोटमा पनि स्थानीय प्रशासनले गत भदौ ७ गते देखि १५ गते सम्म निषेधाज्ञा जारी गरेको थियो ।
अहिले निषेधाज्ञा खुले संगै सदरमुकामको जनजीवन साधारण बने पनि साामाजिक दुरी कायम गरी काम भईरहेका छन । तर ग्रामिण क्षेत्रमा यति बेला कामको चटारो छ ।
उनीहरुले स्वास्थ्य सर्तकता अपनाउँदै काम गरिरहेका छन । जिल्लाका विभिन्न ठाउँका किसान यतिबेला मकै भाँच्ने, धान गोड्ने, मकै केलाउने लगायतका काममा व्यस्त छन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्थानीय सरकारले सचेतना अभियान तीव्र पारे संगै खेतबारीमा काम गर्दा पनि उनीहरुले दुरी कायम गरी सचेतनाका साथ गरिरहेका छन । भेरीनगरपालिका २ का प्रेमबहादुर विकले सर्तकता अपनाएर काम गरीरहेको बताए । जाजरकोटका किसानको गुहँ पछिको मुख्य बाली धान र मकै हो ।
मकै थन्क्याउने र धानको गोडमेलमा व्यस्त रहेका किसानलाई कोरोनाको डर मानेर घरमा नै बसेर पुग्दैन । त्यसैले स्वास्थ्य सचेतना अपनाइ काम गरिरहेको बारेकोट गाउँपालिका ५ का रतनबहादुर विकले जानकारी दिए । कोरोना भाईरस बाट बच्नको लागि सरकारले एक परिवारका सदस्य बाहेक अन्य संग भेटघाट हुने कामलाई निषेध गरेको छ ।
सरकारको नियम मान्दै किसानहरु खेतबारीमा काम गरिरहेका छन । किसानले आफै सदस्य बाहेक अरुलाई नबोलाई काम गर्दा एकदमै राम्रो हुने नागरिक समाजको भनाई छ । कोरोनाको जोखिममा काम नगर्दा परिवारलाई छाक टार्न निकै समस्या हुने भएकोले यहाँका किसानहरु कसैलाई नबोलाई आफै काममा व्यस्त देखिन्छन ।
कोरोनाको जोखिम भन्दा पहिले यस क्षेत्रका नागरिकमा खाद्यान्न अभाव हुने जिल्लामा काम नगर्दा त झनै समस्या हुने स्थानीयको भनाई छ । सरकारले बनाउनका स्वास्थ्यका मापदण्डको पालना गर्दै काम गर्ने हो भने खाद्यान्नको अभाव अलि मात्रामा कम हुने जानकारहरु बताउँछन ।
















































। २१ भाद्र २०७७, आईतवार