
तस्वीर : मालपाेत कार्यालय जाजरकाेट ।
कालीबहादुर नेपाली, जाजरकोट । लेखापढी ब्यबसायीहरुमा एक रुपता नहुँदा मालपोत र नापी कार्यालयमा आउने सेवाग्राहीहरुले समस्या भोग्ने गरेका छन् । लेखापढीहरुले प्रदान गर्ने सेवा शुल्क तोकीएपनि ब्यबसायीहरुमा एकरुपता नहुँदा कुन सेवा लिए बापत कति शुल्क तिर्ने भन्ने बिषयमा सेवाग्राहीहरु दुबिधामा पर्ने गरेका हुन् । मालपोत र नापी कार्यालयमा आउने सेवाग्राहीहरुलाई सेवा दिने उदेश्यले बसेका लेखापढी ब्यबसायीहरुले एकै प्रकारको सेवा दिने भएपनि फरकफरक शुल्क लिने गरेको मालपोत कार्यालयका कर्मचारीहरु बताउँछन् ।
लेखापढी ब्यबसायीहरु प्रतिस्प्रर्धात्मक रुपमा काम गर्ने गर्छन्ु मालपोत कार्यालयका एक कर्मचारीेले भने, लेखापढी कसैले पनि समितीले निर्धारण गरेको दर रेट अनुसार काम गर्दैनन् । कसैले दररेट भन्दा बढि लिन्छन् कसैले त्यो भन्दा अलि कम ।ु लेखापढी ब्यबसायीहरुले आफुखुसी पैसा लिने गरेको हुँदा सेवाग्राहीहरुले कुन सेवा लिए वापत कति रकम तिर्ने भन्ने कुरामा अन्योलता आउने गरेको उनले बताए । ब्यबसायीहरुले समितीले तोकेको दररेट अनुसारको शुल्क लिने गरेमा उनीहरुले प्रदान गर्ने सेवा सुबिधा प्रभावकारी हुुनसक्ने सेवाग्राहीहरु बताउँछन् ।
हामी सेवा ग्राही त जस्ले सस्तोमा गर्दिन्छ उसैकोबाट सेबा लिने होु मालपोत कार्यालयमा आएका एक सेवाग्राहीले भने, एउटै कामका पैसा एउटाले कम अनि अर्काेले धेरै पैसा लिएर गर्दा लेखापढी गर्ने एउटा न एउटा त कर्मामा पर्छ । त्यसैले कसैले कम कसैले धेरै गर्नु भन्दा सबैले बराबर काम गर्ने बराबर पैसा लिने गर्नु पर्छ ।
मालपोत र नापी कार्यालय जाजरकोटमा आउने सेवाग्राहीहरु सुबिधा लिएको शुल्क तिर्न पनि दुबिधामा पर्ने गरेको भन्दै उनले गुनासो गरे । कुन काम गरेको पैसा कति तिर्ने हो भन्ने कुरा नै हामीलाई थाहै हुँदैनु उनले भने, लेखापढीहरुले का गरीदिए पछि पैसा माग्दा आफ्नाृ काम गरे बापत त्यती पैसा लाग्ने होकी हैन । आफुले लिएको सेबा सुबिधाको बापत उनीहरुले मागे अनुसार पैसा दिनु पर्ने होकी हैन भन्दै दुविधामा पर्नु पर्छ ।
दिँदैनन् ब्यबसायीले सेवाग्राहीलाई रसिद
लेखापढी ब्यबसायहीहरुले सेवाग्राहीसँग आफु खुसी पैसा लिने र रसिद पनि नदिने गरेको स्वयमं ब्यबसायीहरु आफैँले स्वीकार गर्ने गरेका छन् । लेखापढी ब्यबसायीहरुले रसिद नकाटि सेबा सुबिधा दिने गर्दा राज्यलाई केही प्रतिशत कर घाटा लाग्छ भने मनपरी शुल्क लिने गर्दा सेवाग्राहीहरुमा अन्योलता देखिने गरेको पाईन्छ ।
पहिले पहिले रसिद पनि काट्ने गरीन्थ्यो र दररेट अनुसार नै शुल्क लिने गरीन्थ्योु मालपोत कार्यालय जाजरकोटमा लेखापढी गर्ने एक ब्यबसायीले भने, ुरसिद काटेर जम्मा भएको रकम समितीकै मान्छेले हिनामिना गरे । त्यसपछि समितीमा बिरोध सिर्जना भयो अनि लेखापढी ब्यबसायीहरु आफ्नो आफ्नो तरीकाले के गर्दा आफुलाई फाईदा हुन्छ भनेर काम गर्न थालेका हुन् ।ु समितीका बस्ने पदाधीकारीहरुको गैरजिम्मेवारी पन र लापरवाहीका कारण सेवा शुल्कमा एकरुपता हुन नसकेको ब्यबसायीहरु बताउँछन् । # भेरीमालिका दैनिक#
















































। २० भाद्र २०७७, शनिबार