जुम्लामा अनिश्चतकालिन निषेधाज्ञा

जुम्ला : जुम्लामा कोरोना संक्रमित बढेपछि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको स्वाब परिक्षणमा चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका लगायत क्षेत्रमा संक्रमित बढेपछि अर्को आदेश नहुन्जेल सम्मका लागि जुम्लामा निषेधाज्ञा जारी गरिएका हो। भदौ १७ गते दिउसो १ बजेदेखि अर्को आदेश नभए सम्मका लागि निषेधाज्ञा गरिएको छ।

कोभिड १९को संकट ब्यवस्थापन केन्द्रको बैठकले चन्दननाथ नगरपालिकाका पूर्वको दाङसाँघु, पश्चिमको उमगाड, उत्तरको कर्णाली प्राविधिक शिक्षालय, र दक्षिणमा तिला नदि सम्मको चार किल्ला क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार अर्को आदेश नहुन्जेल सम्मको लागि सार्बजनिक रुपमा हिँडडुल तथा आवतजावत गर्न पाइने छैन्।

अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नुहने, होटल, रेष्टुरेण्ट, व्यवसाय, संघसंस्था, कार्यालय खुला गर्न पाइने छैन्। कुनै पनि किसिमको जमघट,भेला कार्यक्रम सञ्चालन गर्न नमिल्ने प्रमुख जिल्ला अधिकारी थापाले बताए।

धार्मिक पर्व, जात्रा, महोत्सव आयोजना गरि चलाउन पाइदैन। कुनै किसिमको भोजभतेर पार्टीको आयोजना तथा उत्सव मनाउन मनाही गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ औषधी पसल र स्वास्थ्य सेवा सम्पुर्ण सेवाहरु बन्द गरिएको छ।

तपाईको प्रतिक्रिया