बारेकाेट छ विशेष : विद्युत अलपत्र, कामदारको ज्याला स्वा !

मालबहादुर सिंह

जाजरकोट  । जिल्लाको बारेकोट गाउँपालिका ६ मा अवस्थित ढोरेनी जलबिद्युत आयोजना अलपत्र परेको छ । २०६८ सालमा निर्माण थालनी भएको विद्युत आयोजना अलपत्र परेको हो ।

२०७५ सालमा परेको हिमपातका कारण विद्युतको कुलो भत्कियो त्यसपछि विद्युत आयोजना अलपत्र परेको स्थानीयको भनाई छ । विद्युत अपलत्र हुदाँ त्यस क्षेत्रका ५ सय घरपरिवार अन्धकारमा बस्न बाध्य छन । धुमा,ताँसी, कार्कीगाउँ ,धर्तिगाउँ र करुकाका झन्डै ५ सय परिवार दियालोको भरमा बस्न बाध्य भएको स्थानीय सन्तोष विकले जानकारी दिए । विद्युत अलपत्र परेको २ बर्ष पुग्यो तर उक्त जलविद्युत आयोजनामा काम गर्ने कामदारले ज्याला नपाएको झन्डै दश बर्ष वित्यो ।

कोरोना माहामारीले संकट निम्त्याएको वेला काम गरेको ज्याला पाए परिवालाई खानाको जोहो गर्ने सपना अधुरै रहेको स्थानीय दलबहादुर नेपालीले बताए । जलविद्युत उपभोक्ता समितीले काम गरेको दश बर्ष सम्म ज्याला दिएको छैन । ज्याला पाउने आशमा स्थानीय बसेका छन । कोरोना महामारीका कारण परिवार पाल्न मुस्किल भएका परिवार ज्याला पाउने आशमा बसेका छन । उपभोक्ता समिती भने, आज भोली दिन्छौँ भन्दै कुराउँदै आएको छ ।

स्थानीय दलबहादुर नेपालीकाका अनुसार, २०६८ साल देखी श्रम गरेका मजदुरहरुले अहिले सम्म ज्याला पाएका छैनन । काम गरेको ज्यालाका लागि विभिन्न निकायमा धाउँदा कुनै पनि निकायले वास्ता नगरेको स्थानियहरुको गुनासो छ । ४ महिना अघि ढोरेनी जलबिद्युत आयोजना समिती बिरुद्ध ५४ जनाले मुद्धा समेत जाहेरी गरे । वडा कार्यालय , न्यायिक समितीले अहिले सम्म सुनुवाई गरेको छैन । काम गरेको ज्याला नपाउँदा स्थानीयलाई हातमुख जोड्न धौधौ भएको छ ।

उक्त आयोजना निर्माणका लागि उर्जा बाट ७५ लाख, साविकको नायकवाडा गा.बि.स बाट २१ लाख, निर्वाचन क्षेत्र कोष बाट ११ लाख,गाउँपालिकाबाट ३५ लाख आएको थियो । बिद्युतीय सामग्रीको खरिदको लागी उर्जाले १ करोड ३० लाख कम्पनीमा जम्मा गरिदिएको थियो । उक्त रकमको सार्वजनिक सुनुवाई समेत भएको छैन ।

समितीको लाप्रवाहीका कारण उक्त सुनुवाई नभएको स्थानीयको आरोप छ ।यता, उपभोक्ता समितीले भने, त्यस क्षेत्रका नागरिकका लागि यहि महिना भित्र विद्युत बाल्ने तयारी गरिरहेको बताएको छ । २०७५ सालमा आएको हिमपातका कारण विद्युतको डाइनोमा आएको खराबीले विद्युत अवरुद्ध भएको थियो ।

नयाँ डाइनोमा गाउँमा ल्याइसकेको तर विद्युत लगत्तै बल्ने उपभोक्ता समितीले जनाएको छ । जलविद्युत आयोजनामा काम गर्ने कामदारले दश बर्ष देखि ज्याला पाएका छैनन । विद्युत सबै गाउँमा बालेपछि स्थानीयको ज्याला दिने स्थानीय बमबहादुर नेपालीले बताए । सबै बस्तीहरुमा बिद्युत छिटै पु¥याउने श्रमिकहरुको ज्यालाको लागी पहल गर्ने समितीका अध्यक्ष महेन्द्रबहादुर चलाउनेले बताए । उनले भनेर्, सबैगरी १५ लाख सम्म रहेको छ । गाउँपालिकाका बिभिन्न निकायहरुबाट पहल गरी मजदुरीहरुको ज्याला तुरुन्तै दिने छौ ।’

तपाईको प्रतिक्रिया