
प्रकाश राेकाय जाजरकाेट भाद्र १७ – जाजरकोटको बारेकोट गाउँपालिका वडा नं ५ मा समुन्द्र सतह देखि १७०० मिटरको उचाइमा चैत महिनामा ठुलो चरि बाँघ भेटिएको हो । बारेकोट गाउँपालिका वडा नं ८ सेफुखोला स्थीत १३१९ मिटरको उचाईमा चरि बाघको १ महिनाको पोथि बच्चा खोलाले बगाएर किनारा छेउमा लगाएको थीयो ।
खोला किनारा लागेको बाघंको बच्चालाई बाटोमा हिडने बटुवाले उद्वार गरेका थिए । उद्वार गरिसके पछि बन बिरालोको बच्चा जस्तो ठानेर खोलामा फाल्ने तयारीमा रहेको बेला नलगाड नगरपालिका वडा नं ५ का चक्रबहादुर सिंह र खड्ग बहादुर शाहीले यो बच्चा ठुलो चरि बाघंको हो भन्ने पत्ता लगे पछि बारेकोट गाउपालिका निमित्त प्रमुख प्रसाशकिय अधिकृत तथा बन्यजन्तु तथा पंछी बिग्य गोबिन्द बहादुर सिहंलाइ फोन सम्पर्क गरेर घरमा लगेर तत्काल बच्चालाई दुध खुवाएर तन्दुरुस्त बनार ७ दिन पछि जिल्ला बन कार्लय जाजरकोट को निर्देशनमा भाद्र १४ गते बिहान ७ बजे प्राकृतिक बासस्थान मा छोडिएको थियो ।
बेलुका सम्म छोडिएको ठाउँमा आमा नभेटिएकोले बेलुका पुुर्न दुध लिएर खुवाइएको थियो । राति १० बजे तिर बच्चा कराउदा टाढा बाट आमा पनि कराउदै राति ११ बजे तिर बच्चालाई लिएर गएको थियो । बच्चालाइ उद्वारका लागि गएको टोलि राति जंगलको ओडारमा बाँस बसेको थियो । यदि बिहान सम्म आमा नभेटिएको भए अर्को स्थान मा छोड्ने तयारी थियो । हाल सम्म उपचार गरेर उद्वारकोे संख्या १२ पुगेका छन । बारेकोट गाउपालिका निमित्त प्रमुख प्रसाशकिय अधिकृत तथा बन्यजन्तु तथा पंछी बिग्य गोबिन्द बहादुर सिंंहले बताउनु भएको छ ।
















































। १७ भाद्र २०७७, बुधबार