भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । शनिबार एकै दिन ७८ हजार ४७९ जना संक्रमित थपिएका हुन् ।

शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६ जना संक्रमित भेटिएका थिए ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको छ । हाल ७ लाख ६२ हजार ९४८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

आइतबार ६४ हजार ९८२ जनालाई निको भएको छ । निको हुनेको संख्या २७ लाख १२ हजार ५२० पुगेको छ ।

शनिबार ९४३ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान जानेको संखया ६३ हजार ६५७ पुगेको छ ।

तपाईको प्रतिक्रिया