शिवालय को सिङ्गो टिम बाढि पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा।

प्राकृतिक प्रकोप भनेको कसैले रोकेर रोकिने कुरा होइन र बाजा बजाएर आउने कुरा पनि होइन’ देशैभरि मनसुनी वर्षासँगै बाढी, पहिरो र तराई–मधेसमा भएको डुबानले समस्या उत्पन्न गरेको अबस्थामा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा भाद्र-२ गते भारी बर्षाका कारण विभिन्न ठाउँहरुमा पहिरो र खोलाले गरेको क्षती ग्रस्त क्षेत्र को अनुगमनको लागि गाउँपालिका का अध्यक्ष /उपाध्यक्ष सहित जनप्रतिनिधि र कर्मचारी नै खटिएका छन् ।वडा नम्बर २,३,५,६ र ७ मा स्थलगत अनुगमन गरि बिस्थापित परिवारलाइ राहात बितरण गरेको छ । बाढिले कटान गरि किसानका अन्नबाली,जग्गा जमिन र छेडा-कचाली सडक खण्ड ,६ नम्बर वडा कार्यालय बाढिले बगाएको छ। शिवालय गाउँपालिका वडा नम्बर २ डुङ्रे खोला,ढिगाले स्थित छेडा-कचाली सडक पुर्ण रुपले बाढीले क्षती पुर्याएको छ तेसै गरि शिवालय गाउँपालिका वडा नम्बर-६ को वडा कार्यालय भवन पनि बाढिले क्षति पुर्याएको छ। वडा नम्बर ६,७ मा करिब ६०० रोपनि जग्गा र वडा नम्बर-२ नेपामा किसानहरुका करिब १६० रोपनि जग्गा पुर्ण रुपले क्षति पुर्याएको कृषि अधिकृत बिशो मित्र शर्मा ले जानकारी दिनुभयो भने वडा नम्बर-६ टुनिबगरमा १२ घर परिवार बिस्थापित र १५ घर जोखिममा रहेका छन ।अधुनिक घट्ट,मिल, पनि बाडीले बगाएको छ ।
यस बिपतको समयलाई मध्यनजर गर्दै शिवलय गाउँपालिकाले यस अर्थिक बर्षको बजेट बाढि-पहिरो पिडितहरुका लागि र किसानलाई दीर्घकालीन रुपमा समस्या समाधान लागि केन्द्रित गरिएको कुरा गाउपालिकाका अध्यक्ष नरेन्द्र शाहीले बताएका छन ।बिपतको जुनसुकै समयमा पनि गाउपालिका सधैं जनता को साथमा रहने प्रतिबद्धता अध्यक्ष शाहीले जनता को घर्दैलोमा गयर बताएका छन।pahuch.com/wp-content/uploads/2020/08/20200829034315_IMG_9728-1-300×200.jpg” alt=”” width=”300″ height=”200″ class=”alignnone size-medium wp-image-5478″ />

तपाईको प्रतिक्रिया