
प्रेम बहादुर विक
जाजरकोट । स्थानीय तह बनेको तीन बर्ष वित्यो । तीन बर्ष पहिले जनताले गाउँगाउँमा सिंहदरबार साँच्चीकै आउँछ भन्ने आशा बोकेका थिए । तर बनेका स्थानीय सरकारले जनताका लागि खासै राम्रो काम गरेका छैनन ।
जाजरकोटका सात वटा स्थानीय तहहरुमध्ये कतिपय स्थानीय तहको केन्द्रको टुंगो छैन भने, कतिपय अहिले सम्म भाडाकै घरमा सञ्चालन भईरहेका छन । आफै कार्यालयको टुंगो नलगाउने स्थानीय तहले जनताको काम के गर्लान भन्ने प्रश्न उब्जिएको छ । शनिवार भेरी नगरपालिका १ डौरीकाँडामा जनता संग जनप्रतिनिधी कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा भेरी नगरपालिका १ का वडाध्यक्ष दीपक राणा, नेकपा जाजरकोटका पार्टी अध्यक्ष ढकवीर राणा, कार्यपालिका सदस्य वीरबहादुर वादी जनताको गुनासो सुन्न उक्त कार्यक्रममा पुगेका थिए । जनताले गुनासै गुनासो जनप्रतिधिनी संग पोखे । भेरी नगरपालिका १ का कृष्ण राणाले भने, “पछाडि पारिएको हो कि परेका हौँ ? यहाँको समस्या ज्युँको त्यूँ छ कसरी आयो सिंहदरबार ?” गाउँमा स्वास्थ्य चौकी नहुँदा विरामी भएको वेला उपचार गर्ने गर्न कहाँ जाने भन्दै राणाले नेता र जनप्रतिनिधीलाई प्रश्न गरे ।
समान्य घाउ चोट लाग्गे पछि कि त जाजरकोट अस्पताल जाने किन पैदल ३ घण्टा हिडेर पिपे स्वास्थ्य चौकीमा पुग्नुपर्ने बाध्यता भएको उनको भनाई छ । सोही गाउँका मिलन परियाले, कहिले राजनितीक विभेद, कहिले विकासे विभेद त कहिले सेवा सुविधाको विभेद हामी माथी थुर्पारिन्छ भन्दै दु ःख व्यक्त गरे । नमुना गाउँका रुपमा लिएका वस्तीमा नै विभिन्न खालका समस्या नै छन कहिले बन्छ नमुना भन्दै आक्रोश पोखे । स्थानीय धनबहादुर रावतले चुनावको वेला नेतालाई सबै वडाका जनता चाहिन्छ विकास गर्ने वेला कहाँ हेर्छन होला भन्दै गुनासो पोखे ।
उनले भने, “चुनावको वेला सबैको भोट चाहिन्छ, तर चुनाव जितेपछि कहाँ जान्छन कहाँ ?” गाउँको विकास होइन आफ्ना आफन्त र कार्यकर्तालाई पाल्छन भन्दै पिडा व्यक्त गरे । उनीहरु मात्र होइनन, जिल्लाका ग्रामीण बस्तीका नागरिकले स्थानीय तहमा सरकार आएको महसुस गरेका छैनन । समान्य काम गाउँपालिकाको केन्द्र बाट भएपनि धेरै काम गर्न पुरानै सदरमुकाम धाउन बाध्य छन ।
भेरी नगरपालिका १ का वडाध्यक्ष, दिपक राणाले संघीय सरकारले बजेटको मात्र कम पठाउने र धेरै समस्या भएकोले मुख्य समस्या समाधानमा लागेको बताए । उनले भनेर्, यहाँको समस्या यातायात पुगे समाधान हुने देखिन्छ, ग्रामीण सडक निर्माणको काम भईरहेको छ ।’ जनतालाई अवको डेढ बर्ष सम्म विकासको महसुस गराउने उद्दघोष गरे ।
गाउँमा भएको खानेपानी, विद्युतको समस्या तत्काल समाधान हुने दावी गरे । नेकपा जाजकोटका पार्टी अध्यक्ष, ढकवीर राणाले, वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको बताए । उनले भनेर्, म एक राजनीतिज्ञ भएको कारणले आफैमा एक समाजसेवी हुँ । समाजका जनताको आस्था बुझ्नु मेरो कर्तव्य हो । मैले आफ्नै पार्टीको सरकार भएको हुनाले आफ्नो ठाउँ बाट समन्वयन गरी जनताको हितमा काम गरिहरेका छु ।’
आमागी दिनमा यस क्षेत्रका नागरिकको पिडा बुझ्न सरकारले दवाव दिने उद्दघोष गरे । गाउँगाउँमा बनेका स्थानीय सरकाले जनताको समस्या बुझि काम गरेको भए विकासमा फड्को मार्न सफल हुने सरोकारवालाहरुको भनाई छ । स्थानीय सरकाले जनता लक्षित काम गर्न आवश्यक देखिन्छ । नातावाद र कृपावाद भन्दा व्यक्तिको क्षमता र विकासमा ध्यान दिन जरुरी छ ।
#भेरीमालिका दैनिक #
















































। ९ भाद्र २०७७, मंगलवार