दाङ : दाङमा एकै परिवारका आठजनालाई कोरोना संक्रमण देखिएको छ। उनीहरुसहित थप १४ जना संक्रमित थपिएका हुन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका-४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर-३ का एक जना र शान्तिनगर-५ का एकमा कारोना सङक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले बताए। सङ्क्रमित हुनेमा पाँच वर्षीय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन्।
शान्तिनगरका सङक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनले बताए। सङ्क्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ । क्वारेन्टाइनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा सङ्क्रमण भेटीएको हो। शान्तिनगरमा अहिले १२ सक्रिय सङ्क्रमित छन्।
















































। ८ भाद्र २०७७, सोमबार