जाजरकोटका एक पुरुष मृत्य अवस्थामा भेटिए सल्यान

जाजरकोट । जाजरकोट घर भएका एक पुरुषको शव सल्यानको पश्चिमी क्षेत्रमा अबस्थित भेरी नदि किनारमा फेला परेको छ ।

जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर ५ साल्टाकुरा बस्ने ५० बर्षिय गोपाल कामीको शव जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ नाम्रा नजिकै भेरि नदि किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घर देखी पाँच दिन पहिले हिडेका उनको आज दिउसोँ करिब साढेँ ३ वजेतीर शव फेला परेको प्रहरीले जनाएको छ । स्थानियले भेरी नदि किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया