बेसबल संघ जाजरकोटको अध्यक्षमा शाही


साउन २७
जाजरकोट ।
बेसबल संघ जाजरकोटको अध्यक्षमा कुशे गाउँपालिका वडा न. ४ निवासी नवराज शाही चयन भएका छन् । यस्तै १५ सदस्यीय तदर्थ समितीको उपाध्यक्षमा विक्रान्त केसि,सचिव सुवान शाह,सह-सचीव सुशील पुन, कोषाअध्यक्ष केशवराज बस्नेत, सदस्यहरुमा क्रमशः सुरज नगरकोटी, देशान्तर रोकाय,अनिल शाह, आरोग्यजङ शाह,राजेन्द्र विवस पुन,समीर रोकाय,अशोक सिंह,गणेश वलि,सन्तोष चन्द र प्रनव सिंह सर्बसमत चयन भएका छन् ।
बिगतमा नेपालबाट खेलिने अन्तर्राष्ट्रिय स्तरका खेलमा समेत बेसबल को दक्षता प्रदर्शन भए पनि खेलमा सोचेजस्तो विकास एवम् विस्तार हुन नसकेकोले संघ मार्फत यो क्षेत्रलाई अगाडि बढाउनु आजको आवस्यकता भएको जिल्ला खेलकुद विकास समिती जाजरकोटका प्रमुख जय प्रसाद आचार्यले बताउनुभयो ।
यस्तै बेसबलको विकास मार्फत जिल्लामा दक्ष खेलाडी निर्माण गर्न आफुले महत्वपूर्ण काम गर्ने नव गठित संघका अध्यक्ष शाहिले बताउनुभयो ।

तपाईको प्रतिक्रिया