
भौगोलिक रुपमा दुर्गम भए पनि प्रकृतिले जाजरकोटलाई ठगेको छैन । उसो त मध्यपश्चिममै जाजरकोट जिल्ला जैविक विविधताले भरीपूर्ण मानिन्छ । जिल्ला सदरमुकाम खलंगा सँग जोडिएको ढिमे गाविस जिल्लाका अन्य गाविस जस्तै प्राकृतिक सम्पदाले धनी मध्येको एक हो । ढिमे १ पाँचकाटिया र खलंगा ७ तिमिलेको सिमानाका रुपमा रहेको पाँचकाटिया आन्तरिक पर्यटनका लागि आकर्षक गन्तब्यका रुपमा विकसित हुदै गएको छ । २४ सय मीटरको उचाईमा रहेको यो स्थानबाट देखिने लेकाली तथा हिमाली दृष्य हेर्न र चिसो हावामा रमाउदै पिकनिक खानका लागि यो स्थान आन्तरिक पर्यटकका लागि गन्तब्यको रुपमा लोकप्रिय बन्न थालेको हो । गत वर्ष देखि सदरमुकाम खलंगा देखि पाँचकाटिया सम्म जीप चल्न थाले पछि यहाँको आन्तरिक पर्यटनमा चहलपहल बृद्धी भएको छ ।
शब्द र तस्बिरहरूः सुरेन्द्र सुमन

पाँचकाटियामा गरिएको तोरी खेती ।

पाँचकाटियामा नव निर्मित प्रहरी चौकी । १० वर्षे द्वन्द्वकालमा तत्कालीन विद्रोही माओबादीले यो चौकी ध्वस्त बनाएका थिए ।

पाँचकाटियाको गोधुली साँझ ।

दैनिक उपभोग्यका सामाग्री घोडा खच्चडबाट ढुवानी गर्दै स्थानीय ।

पाँचकाटियाबाट दक्षिण-पूर्व हेर्दा देखिएका रूकुम सल्यानका पहाडहरू

विकास निर्माणका विविध सामाग्री लैजादै गाउँले ।

पाँचकाटियाबाट देखिने कुशे हिम श्रृंखला ।
















































। २७ श्रावण २०७७, मंगलवार