बाँकेका १२ को रोना स क्रमित सम्पर्क बिहिन

नेपालगंज : बाँकेमा को रोना सं क्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन् । उनीहरुलाई खोज्न प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था आएको छ ।

पीसीआर परीक्षणका लागि दवाव दिने र रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कविहीन भइदिने गरेका कारण स्थानीय प्रहरी प्रशासन र स्वास्थ्यकर्मीलाई त नाव भएको हो ।

गत २३ गते यता सं क्रमण पुष्टि भएकाहरुमध्ये १२ जना सम्पर्कमा नआएको खुलेको छ । को रोना पुष्टि भएपछि सम्पर्कविहीन भइदिनेहरुमा हाइप्रोफाइलका व्यक्ति छन् ।

जिल्ला समन्वय समिति बाँकेका एकजना अधिकृत समेत सं क्रमण पुष्टि भएपछि मोवाइल अफ गरेर बसेको खुलेको छ । सं क्रमितहरुलाई खोज्दै हिड्नु पर्ने अवस्था आएपछि कन्ट्रयाक टे«सिङदेखि सम्पर्क व्यक्तिहरुको नमुना संकलनमा समेत ढिलाइ हुन थालेको छ ।

तपाईको प्रतिक्रिया