वडाध्यक्ष कार्यालय नजाँदा सेवाग्राहीलाई सास्ती

जाजरकोट । जिल्लाको एक स्थानीय तहका वडाध्यक्ष वडा कार्यालयमा उपस्थित नहुने गरेको पाईएको छ । जिल्लाको भेरीनगरपालिका २ का वडाध्यक्ष कालीबहादुर वली वडा कार्यालयमा नै नआउने गरेको पाइएको हो ।

बुधबार भेरीमालिका संग दुखेसो पोख्दै, एक स्थानीयर्ले वडाध्यक्ष धेरै दिन भैसक्यो वडा कार्यालयमा आउनु हुन्न यसले गर्दा हामीलाई वडा बाट सेवा लिन निकै समस्या परेको छ ।र्’ आर्थीक बर्षको सुरुमा धेरै विकास निर्माणमा सम्झौता गर्नुपर्छ, अन्य सिफारिका लागि समेत वडा कार्यालयमा आउनेको संख्या धेरै हुन्छ तर वडाध्यक्ष आउनुभएको हुदैन । यसले स्थानीयलाई सेवा लिन निकै समस्या परेको छ ।’

उनी मात्र होइन वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरु सेवा लिन बाट बिञ्चित छन । देश संघीय संरचनामा गएपछि नागरिकका आवश्यकता पुर्ति गर्न गाउँगाउँमा सिंहदरबार स्थापना गरिएपनि नागरिकलाई सेवा लिन निकै समस्या पर्ने गरेको छ । वडा कार्यालयमा सेवाग्राही दिन भरी बस्ने र बेलुका फर्केने गरेको एक स्थानीयले बताए । वडा कार्यालयमा वडाअध्यक्ष नै उपस्थित नहुनेले नागरिकलाई सेवा लिन साह्रै मुस्किल परेको छ ।

यता वडाध्यक्ष कालीबहादुर वलीले अहिले वडा कार्यालय रहेको भवनमा इन्र्टनेटले काम नगर्ने भएपछि वडा कार्यालयको अलि माथी सार्ने काममा लागेकोले वडा कार्यालयमा उपस्थित हुन नसकेको बताए ।

उनका अनुसारर्, अहिले वडा कार्यालय रहेको स्थानमा इन्टरनेटले राम्रो काम गरेको छैन । आन्तरिक राजस्वको काम पनि इन्ट्री गर्नुपर्छ । त्यसैले हामी वडा कार्यालय अलि इन्टरनेटले काम गर्ने माथिल्लो क्षेत्रमा सार्न लागिरहेका छौँ ।र्’ त्यसैले दैनिक रुपमा वडा कार्यालयमा उपस्थित हुन सकेको छैन ।’

सुचना विनै वडा कार्यालय सार्दै
स्थानीय सरकार सञ्चाल ऐन २०७४ को उपदफा ७ अनुसार कुनै वडा कार्यालयको केन्द्र हेरफेर गर्न आवश्यक भए वडा समितीको परामर्शमा नगर सभामा तत्काल कायम रहेको सदस्य सख्याको दुई तिहाई बहुमतले प्रस्ताव पारित गरी केन्द्र हेरफेर गर्न सक्ने प्रावधान छ ।

तर इन्टरनेटको खराबीको कारण देखाउँदै आफ्नो व्यक्तिगत स्वार्थमा वडाध्यक्षले कार्यालय सार्न थालेको स्थानीयको आरोप छ ।

स्थानीयलाई सुचना जानकारी नगरी कार्यालय सार्न जनप्रतिनीधी लागि परेको स्थानीयको आरोप छ । गाउँका प्रत्येक चोकचोकमा सार्वजनिक सुचना टाँस गरी नागरिकहरुलाई खबर गर्नुपर्ने नागरिक समाजको भनाई छ । सार्वजनिक स्थानमा सुचना टाँस गरी सुचनाको हकको पालना गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया