वडा कार्यालयको भवन अलपत्र, आधा भन्दा बढी भुक्तानी

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका ४ को वडा कार्यालय अलपत्रमा परेको छ । जुवाकोटमा निर्माणधीन रहेको वडा कार्यालयको भवन अलपत्र परेको हो ।

भवन नबन्दा अहिले पनि भाडाको घर बाट वडा कार्यालयले सेवा दिइरहेको स्थानीय जयबहादुर थापाले जानकारी दिए । जिल्ला समन्वयन समिती जाजरकोट बाट एक बर्ष पहिले वडा कार्यालयको भवन निर्माणका लागि २५ लाख रकम विनियोजन गरेको थियो । गत बर्ष नै निर्माण हुने भनिएको भवन अहिले सम्म पिल्लर ठड्याउने काम मात्र भएको स्थानीयको गुनासो छ ।

भवन निर्माण नहुँदा अहिले नागरिकलाई सेवा दिन÷लिन निकै समस्या परेको छ । उपभोक्ता समिती मार्फत निर्माण हुदै गरेको भवन दुई बर्ष वित्न लाग्दा समेत निर्माणको कुनै पत्तो छैन । कुल वजेटमध्ये १३ लाख रकम भुक्तानी भईसकेको छ । लकडाउनको समयमा पनि विकास निर्माणका काम नियमित सञ्चालन गर्ने भनेपनि वडा कार्यालय भवनले प्राथमिकता पाएको छैन । अहिले सम्म काम सुचारु भएको छैन ।

उपभोक्ता समितीले भने भवन निर्माणका लागि आवश्यक पर्ने सामाग्री लकडाउनको वेला ढुवानी गर्न समस्या भएकोले कामले प्राथमिकता पाउन नसकेको बताएको छ । रकम भुक्तानी तर काम नहुनुले भष्ट्रचार हुने संकेत देखिएको एकजना स्थानीयले बताए । वडाध्यक्ष गणेश थापाले, कोरोना कहरले निकै समस्या बनाएको जानकारी दिए ।

उनका अनुसारर्, गत बर्ष सुरु गरिएको थियो । यस बर्ष काम समापन गरिने हो । तर लकडाउनले गर्दा कामलाई निरन्तर गर्न नकिएकोले कार्यालयको भवन बन्न नसकेको हो ।’ चालु आर्थीक बर्षमा वडा कार्यालयको भवन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । वडा कार्यालयको भवन निर्माण तत्काल सुरु गर्ने समेत जानकारी दिए ।

चालु आर्थीक बर्षमा छेडागाड नगरपालिकाकाले २५ लाख थप गरेको छ । वडा कार्यालयको भवन डिजाईन ठुलो आकारको भएकोले यसलाई क्रमागत योजनामा सञ्चालन गरिएको उनको भनाई छ । जिल्ला समन्वयन समितीले छुट्याएको २५ लाख मध्ये आधा भन्दा बढी १३ लाख रकम भुक्तानी गरिएको छ ।

तपाईको प्रतिक्रिया