गजल
मैले जिन्दगी चलाई रहेको छु आज घनको भरमा
कति दिन बाच्न सकिएला र अब आरनको भरमासत्यतामा कमल चलाउँने ले कुनै सम्मान पाएनन्
बरु चर्चामा आउँछन दलालहरु बिज्ञापनको भरमाहाम्रो मिलन हुने कुनै सम्भावना नहुदा~ नहुदै पनि
उसलाई मेरो जिन्दगी सम्पिए एक बचनको भरमाआमाको एउटै कोख अनि एउटै काखमा खेलेका
आफ्नै घरमा दाजुभाई दासी बन्छन धनको भरमारोगले म हस्पिटलको बेडमा छटपटाई रहेको बेला
मेरो श्रद्धाञ्जली दियौं त्यो खाली कफनको भरमाभावुक रिदम बाबू जाजरकोट
गजल : बचनको भरमा
भावुक रिदम बाबू
तपाईको प्रतिक्रिया

















































। २६ श्रावण २०७७, सोमबार