
कालीबहादुर नेपाली
जाजरकोट । शसस्त्र जनयुद्धका वेला देश परिवर्तनका लागी युद्धमा हुम्मेका योद्धाहरुको पिडा अहिले सुन्नै नसकिने छ । तत्कालिन नेकपा माओवादीले थालेको शसस्त्र जनयुद्धको केन्द्रका रुपमा पनि जाजरकोटलाई लिने गरिन्छ । २०५२÷०५३ साल देखि २०६२÷०६३ सम्म यहाँका धेरैले ज्यान गुमाए । धेरै परिवार विस्थापित भए ।
धेरै जना अहिले पनि घाइते छन । तर सरकार फेरियो , युद्धमा हुम्एिका धेरै परिवारको जीवन फेरिएन । परिवर्तनका लागि युद्धमा लडेका लडाकुहरुको जीवन त फेरिएन कसरी फेरिन्छ साधारण जनताको जीवन ? यो प्रश्न अहिले सबैको मनमा उब्जिएको छ । २०६२÷०६३ सालको जनआन्दोलन पछि तत्कालिन नेकपा माओवादी पार्टी सरकारमा गयो ।

जनयुद्धमा विस्थापित र घाइतेका परिवारका लागि मलम पट्टी त लगायो उनीहरुको पिडा निर्मुल पार्ने कुनै काम गरेन । देशमा पटकपटक सरकार फेरिन्छ तर जनाआन्दोलनका घाइते परिवारको जीवन भने फेरिदैन । यस्तै पिडामा रमलिरहेका भेरीनगरपालिका २ रिसाङका दलबहादुर पुन, अहिले छाक टार्न मुस्किल भएको बताउँछन । उनले भनेर्, जव देश शान्ती सम्झौतामा गयो । त्यसपछि जनआन्दोलनका घाइते भएका साथीहरुलाई सत्तामा लिन बाइपास गरियो । पार्टी भित्रै स्थान नपाएपछि धेरै साथीहरु मुगलानी भएका छन ।
’र्, सुन्दर नेपाल निर्माण गर्ने भनी आन्दोलमा हामी गएका थियौँ । विचमा साथीहरु टुटफुट भएका कारण हामी यो स्थानमा आएका हौँ उनले थपे ।’ जनाआन्दोलन पछि अहिले छोराछोरी सबैलाई पढाउन, खुवाउन समेत समस्या भएको उनले गुनासो गरे ।
परिवर्तनका लागि हामी आन्दोलनमा हुम्मियौँ तर हाम्रो जीवन फेरिएन यो भनाई भेरीनगरपालिक २ रिसाङकी मिना पुन बन्दनाको हो । आन्दोलन गरेर हात काटिए गाउँमा काम गरेर खान सकिदैन । पढ्ने समयमा हामी आन्दोलनमा लाग्यौँ । अहिले जिन्दगी धान्नै मुस्किल परेको उनले दुखेसो पोखिन । सरकारले घाइते परिवारका लागि महिनाको ६ हजार प्रदान गरेको छ । २०६८ सालमा सरकारले नेपाली सेनाले पाउने सेवासुविधाको आधा पाउने निर्णय गर्यो । नेपाली सेनाको सेवासुविधामा वृद्धि भयो तर आन्दोलनमा घाइते भएकाहरुको सेवा सुविधा फेरिएन यसले पनि हामीलाई अप्ठेरो पारेको उनले बताइन र्। घाइते भएका अहिले अस्पतालमा क्यान्सर पिडित भएर बसी रहेका छन ।
न उनीहरुको उपचार गरिन्छ न उनीहरुलाई रेखदेख गरिन्छ उनले थपिन ।’ गणतान्त्रिक नेपाल भनेर लागो निर्माण गरिन्छ मौलिक हक आए ति हामीले गरेका हौँ । तर हाम्रो माग नै सुनुवाई हुदैन । सरकारको ध्यान जान आवश्यक रहेको उनले बताइन ।
पार्टी भित्र गुट सिर्जना भएकोले समस्या भयो
अहिले सरकार हाम्रो पार्टीको छ । तर पार्टी भित्र गुटउपगुटका कारण हाम्रो माग सुनुवाई हुदैन । जनआन्दोलनमा घाइते भएका हामी विच पनि निकै गुटउपगुटका कुरा चल्छ यसले हामीलाई निकै समस्यामा पारेको घाइतेहरुको भनाई छ । सरकारले अधिकार सहितको परिचय पत्रको व्यवस्था गर्नुपर्छ । जुनीचाँदे गाउँपालिकाका नेकपा अध्यक्ष हिमाल धर्तीले बताए र्। सरकारले हाम्रा छोराछोरीको पढाई देखि लिएर हाम्रो लालनपालनमा समेत ध्यान दिनुपर्छ किनभने हामीले गर्दा नै लोकतन्त्र गणतन्त्रको स्थापना भयो उनले भने ।’
सरकार बन्यो तर जनयुद्धमा गरेको योगदान विसियो यसले हामी जस्तो थुप्रै परिवारको विचल्लीमा रहेको कुशे गाउँपालिकाका घाइते प्रकाश सिंह शाहीले बताए ।
३ सय भन्दा बढी घाइतेको परिवार
जिल्लामा शसस्त्र जनयुद्धको वेला घाइते भएका परिवारको संख्या ३ सय भन्दा बढी रहेको छ । ती परिवारको अहिले विच्चली छ । आफु घाइते भए परिवारका घरमुलीले ज्यान गुमाए । ज्यान गुमाउने आँखाको वरीपरि आउँछन भेरीनगरपालिका १ का प्रेम विकले गुनासो पोखे ।
घाइते र विस्थापित परिवारले सरकार बाट भने जस्तो सेवासुविधा नपाउँदा ति परिवारले जीवन धान्न समेत निकै समस्या परेको छ । न काम गर्न सकिन्छ न पढिएको छ रोजगारी पनि पाइदैन यसले परिवारलाई कसरी पाल्ने ? पिडित परिवारको यस्तै गुनासो छ ।
सेवा सुविधाको व्यवस्था गर्न ज्ञापनपत्र
शसस्त्र जनआन्दोलनमा घाइते भएका परिवारका लागि विशेष किसिमको सेवा सुविधा प्रदान गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई ज्ञापनपत्र बुझाईएको छ । कानुनले निर्धारण गरेको जिवन निवार्ह भत्ता,औषधी उपचार, सन्तीत छात्रवृत्रि लगायतका सेवा सुविधाको प्रतिशत निर्धारण गरिदिन भन्दै जनक्रान्तिका घाइते तथा अपांग योद्धा संगठनले ज्ञापनपत्र बुझाएको हो । विहीबार प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार गृहमन्त्रालयलाई दिन ज्ञापनपत्र बुझाएको संयोजक दलवीर पुनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले यो समस्या देश भरीको भएकोले यो मागलाई विहीबार नै मन्त्रालयमा पठाउने बताए । यहाँ हरेका संयोजकले जिल्लामा रहेका घाइतेहरुलाई सल्लाह दिनुपर्ने समेत बताए ।
















































। २४ श्रावण २०७७, शनिबार