रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा हावाहुरीले मकै बालीमा २२ लाख बढीको क्षती, किसान चिन्तामा

No description available.

सुनिल महर । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नँ १३ का विभीन्न ठाँउहरुमा गएको मंगलवार र बुधारवार अविरल वर्षासँगै आएको हावाहुरीले लाखौँको क्षती गरेको छ । साविकको घेत्मा गाविसको ४,५,६,७ ४ वटा वडाहरुका विभिन्न ठाँउहरु लटा ,हाम्पा ,गाँउवारी ,पाखा भल्मा ,धारा गरेना लगाएतका दर्जन बढी बस्तीहरुमा लगाइएको मकै वालीमा क्षती पु¥याउदा झण्डै २सय ५५ घरपरिवारको १ मुरी देखी १० मुरी सम्म उत्पादन हुने कमैमा क्षती पु¥याएको वडा १३ नम्वर वडा सदस्य तेजबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार अन्दाजी ११ सय १४ मुरीको विवरण सँकलन गरिएको छ ।

साथै यस्को मुल्य २२ लाख २८ हजार हुन आउने पनी उहाँले जानकारी दिनुभयो । मकै वालीमा लगातार हावाहुरीले क्षती गर्ने क्रम अझैँ पनी नरोकिएको नेपाका १३ नम्वर वडाकमिटी सचिव ,तथा टेक बहादु थापाले वताउनु भयो । उता किसानहरु मकैमा क्षती पुगेपछी राहतको पर्खाइमा रहेको उहाँले जानकारी दिनुभयो ।।

तपाईको प्रतिक्रिया