स्याँलामा श्रृखलाबद्ध हत्या, स्थानीयमा खैलावैला

गाउँमा पुगेन प्रहरीको भ्यान, नागरिकमा असुरक्षाको महसुस

प्रभावकारी अनुसन्धानका लागि ध्यानाकर्षण

            जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदै नागरिक समाजका अगुवा ।

कालीबहादुर नेपाली , जाजरकोट  । जिल्लाको भेरीनगरपालिका ३ स्यालामा श्रृखंलाबद्ध हत्या हुदैँ आएका छन । समुदायका मानिसहरुविच एकआपसमा मनमुटाव हुदाँ गाउँमा क्रमश श्रृखलावद्ध घटना घट्दै गएको स्थानीयको भनाई छ । भेरीनगरपालिका ३ को साही गाउँमा ६ बर्ष पहिले शिवलाल सुनारको हत्या गरियो । २०७७ सालको जेठमा पठवीर कामीको १६ बर्षिया छोरीमाथी बलात्कारको प्रयास भयो । उनले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उजुरी दर्ता गरिन ।२०७७ साल अषाढमा बालिकाको बलात्कार प्रयासमा आरोपित जगत सुनारले आफै गिरफ्तारी दिएका थिए । २०७७ श्रावण ६ गते बलात्कार प्रयास पीडित बालिकाको वावु पठवीर कामीको हत्या भयो । पिडित परिवारले शंका लाग्ने व्यक्तिको नाममा किटानी जाहेरी दिदा पनि प्रहरी कार्यालयमा दर्ता गरिएको छैन । पिडित परिवारलाई व्यापक धम्की र दवाव आएर असुरक्षाको अवस्था तथा थप घटनाको आशंका भएको नागरिक समाजको निष्कर्ष छ । त्यो घटना सेलाउँन नपाउँदै २०७७ श्रावण १३ गते दुर्पती सुनारको हत्या भयो । स्थानीय जनताहरुमा अहिले खैलावैला भएको एकजना स्थानीयले बताए । उनका अनुसार, गाउँका मानिसहरु विच पनि एकआपसमा सम्बन्ध राम्रो छैन । बेलुका स्थानीयहरु आफ्नो घर भन्दा बाहिर जान समेत मान्दैनन् । स्थानीय त्रासले थुथुर काप्दै आएका छन । स्थानीयलाई असुरक्षाको महसुस भएको उनको भनाई छ । घटना पटकपटक हुदाँ समेत गाउँमा सुरक्षाकर्मीको टोली पुगेको छैन । स्थानीय त भन्छन घटना घटाउने टीम र नेपाल प्रहरीको टीम मिलेको छ । हामी प्रहरी कार्यालय जान्छौँ । उजुरी दर्ता हुदैन । हाम्रो माग समेत सुनुवाई हुदैन एकजना स्थानीयले गुनासो गरे । दोषीलाई कारबाही गरि कानुनी दायरमा उभ्याउन पाए स्थानीय जनताले सुरक्षाको महसुस गर्ने नागरिक समाजका अध्यक्ष राजेन्द्र विक्रम शाहले जानकारी दिए ।

अस्थायी प्रहरी पोस्टको माग
गाउँमा सुरक्षाको महसुस गर्न स्थानीयले अस्थाई प्रहरी पोस्टको माग गरेका छन । पटक पटक श्रखृलावद्ध रुपमा घटना हुन थालेपछि स्थानीयले अस्थाई प्रहरी पोस्टको माग गरेका हुन । खलंगा स्थित रहेको प्रहरी पोस्ट बाट स्यालामा ध्यान नजाने र होलुखोलाका प्रहरीको समेत स्यालामा नजर नपुग्ने भएपछि अस्थाई प्रहरी पोस्टको माग गरेको स्थानीयको भनाई छ । मंगलबार नागरिक समाजको आयोजनामा ठाँटीबजारमा आयोजना गरिएको कार्यक्रममा त्यहाँका स्थानीयले सुरक्षाको महसुस गर्न अस्थाई प्रहरी पोस्टको माग गरेका हुन । गाउँका स्थानीय अहिले डर र त्रासमा जीवनयापन गर्न बाध्य छन । अहिले सम्म कुनै प्रहरी चौकी बाट सुरक्षाकर्मी पुगी असुरक्षाको महसुस नगर्नुहोस हामी छौँ भन्ने समेत नआएको स्थानीयको भनाई छ ।

काम गरी आफ्नो छवि बढाउनुपर्छ ःप्र.जि.अ
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले काम गरी छवि बढाउनुपर्ने बताएका छन । मंगलबार नागरिक समाजले बुझाएको ध्यानाआकर्षण पत्र बुझ्दै काम गरी प्रहरी साथीहरुले आफ्नो छवि बढाउनुपर्ने बताए । उनले भनेर्, सुरक्षा निकायमा काम गर्दा कसले राम्रो काम ग¥यो भन्ने पनि त लेखाजोखा हुन्छ । त्यसैले हामी त कर्मचारी हो यहाँ बसुन्जेल जिल्लाका प्रत्येक नागरिकलाई सम्झन लायक काम गरी देखाउँनुपर्छ ।’

जनताको पक्षमा काम गर्दा राम्रो मुल्यांकन हुने प्रजिअ पन्तले बताए । सुरक्षा निकायको नजर स्यालामा किन नपुगेका अव तत्काल सुरक्षा समितीको वैठकमा यो कुरा उठाउने र दोषीलाई कारबाही गरिने उनले थपे । पछिल्लो समय जिल्लाको सुरक्षामा कमी आएको विषयलाई स्वीकार गरी जनतालाई सुरक्षाको महसुस गर्न तत्काल काम थाल्ने प्रतिवद्धता समेत व्यक्त गरे । सबैले आफ्नो पक्ष बाट काम गर्दा न कसैको डर न त कसैको धम्की असल राष्ट्रसेवक कर्मचारीले यस्तै गर्दा राम्रो हुने उनले बताए ।
प्रमाण जुट्याउँदै छौँ प्रहरी कार्यालय
जिल्ला प्रहरी कार्यालय जाजरकोटले घटनाका प्रमाणहरु जुट्याउँदै गरेको जनाएको छ । कार्यालयका सुचना अधिकारी एवम प्रहरी निरीक्षक यमबहादुर मल्लले पिडित पक्षले उजुरी दर्ताका लागि निवेदन दिएको थियो । जाहेरी दर्ता गर्दा प्रमाण सहित चाहिने भएकोले प्रमाण नुहँदा दर्ता गर्न सकिएन तर हामी प्रमाण जुट्याने प्रयासमा छौँ उनले भने ।

सिभिलमा हामीले हाम्रा साथीहरु खटाएका छौँ । गाउँमा सुरक्षाको अभाव हुन नदिने उनले बताए । अहिले हामी त्यहाँका पिडित परिवारहरु संग बसी काम गरी रहेका छौँ । तयसैले पहिलो घटनाको प्रमाण जुट्याउदै छौँ भने दास्रो घटनाको छानविन गरिरहेका छौँ उनले थपे । जनतालाई असुरक्षाको अभाव हुन नदिने मल्लले दावी गरे ।
प्रभावकारी अनुसन्धानका लागि ध्यानाकर्षण
जिल्लाको भेरी नगरपालिका ३ स्यालामा भइरहेका श्रृखलाबद्ध हत्याका घटनाको प्रभावकारी अनुसन्धानका लागि स्थानिय प्रशासनको ध्यानाकर्षण गराईएको छ । केही बर्ष यता एकै गाँउमा तीन जनाको हत्या हुँदा पनि प्रहरीले दोषी पत्ता लगाउन नसकेको र अनुसन्धान पनि प्रभावकारी हुन नसकेको भन्दै जिल्ला स्थित नागरिक समाजका तर्फबाट स्थानिय प्रशासनको गंभिर ध्यानाकर्षण गराईएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए ।

तीन बर्ष अगाडी स्थानिय शिवलाल सुनारको हत्या भएको तर प्रभावकारी अनुसन्धान तथा कारवाही नभएको, गत साउन ६ गते पठवीर कामीको हत्या भएको पिडित परिवारले किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले जाहेरी लिन नमानेको पिडित परिवारलाई उल्टै धम्की आएको, गत साउन १३ गते दुर्पती सुनारको हत्या भएको तर अहिले सम्म हत्यारा पत्ता लाग्न नसकेको लगायतका घटनाक्रमका कारण गाँउमा असुरक्षाको अवस्था सृजना भएको भन्दै ध्यानाकर्षण गराईएको इन्सेक प्रतिनिधी दिनेश श्रेष्ठले बताए । भेरीमालिका दैनिक 

तपाईको प्रतिक्रिया