जाजरकोट । गत असार २५ गते १४ जनाको मृत्यु र ५ सय वढी परिवार विस्थापित हुने गरी जाजरकोटको वारेकोटमा गएको वाढी पहिरोवाट पिडित परिवारलाई दक्षिण कोरियामा वस्ने कर्णाली प्रदेश वासी नेपालीहरुले खाद्यान्न सहयोग गरेका छन ।
वारेकोट गाउँपालिका मार्फत पिडित जनता सम्म पुग्ने गरि कर्णाली प्रदेश समाज दक्षिण कोरियाले पठाएको २५ केजीका २ सय वोरा चामल, ४ सय केजी दाल, र ५ सय मिलिलिटरको २ सय प्याकेट तेल मंगलवार नलगाड नगरपालिकाको केन्द्र दल्लीमा सम्वन्धित गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
दक्षिण कोरियामा स्थापना भएको कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष पदमवहादुर वस्नेत र महासचिव भक्तराजनाथ योगीको सक्रियता र दक्षिण कोरियामा रहेका कर्णाली प्रदेशका नेपालीहरुको सहभागितामा जम्मा भएको रकमवाट उपलव्ध गराइएको उक्त खाद्यान्नलाई पत्रकार एवम सामाजिक कार्यकर्ता सहदेव वस्नेतले समाजको प्रतिनिधिको रुपमा वारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रवहादुर शाहलाइ हस्तान्तरण गरेका छन ।
नलगाडको दल्लीमा उक्त खाद्य सामाग्री वुज्दै अध्यक्ष शाहले विदेशमा रहेका नेपालीहरुको ठुलो दिल मार्फत प्राप्त भएको सहयोगलाइ पिडित जनताको संकट टार्नका लागि न्यायपुर्ण ढंगले वितरण गरिने वताए । दुर्गम एवम विकट वारेकोटका पिडित जनताको दुखमा साथ दिन सहयोग हात अघि सार्ने दक्षिण कोरियामा रहेका कर्णाली प्रदेशका नेपालीले आफुहरुलाई ठुलो गुण लगाएको अध्यक्ष शाहले वताए ।
उनले प्राकृतिक विपत्तीमा परेर सामाजिक आर्थिक संकटमा परेर जोखिमपुर्ण जीवन विताउन वाध्य जनतालाइ सहयोग गर्ने सवैलाई धन्यवाद दिदै मानवीय विपत्तीको समयमा सहयोगी हात अघि सार्न अन्य निकाय, संघसस्था र मनकारी व्यक्तिहरुलाइ आग्रह गरे । खाद्य सामाग्री हस्तान्तरण गर्दे पत्रकार वस्नेतले कुनै पनि कारणले संकटमा परेका पिडितहरुलाई क्षमता भएका सवैले सहयोग गर्नु मानवीय धर्म भएको वताए ।
उनले एउटा नेपालीको दुखमा अर्काे नेपालीको साथ नै हाम्रो असली परिचय भएको पत्रकार वस्नेतले वताए । वारेकोटको दुखमा दक्षिण कोरियामा वस्ने कर्णाली प्रदेशका नेपालीले गरेको सहयोग निकै मुल्यवान रहेको वताए । यस्तै, अनेरास्ववियूका जिल्ला स्तरीय नेता धुर्व शर्माको विशेष पहलमा दक्षिण कोरियोमा रहेका नेपालीहरुले राहत पठाएका हुन ।
शर्माले भने, बारेकोटबासीलाई समस्यामा सहयोग गर्ने कर्णाली प्रदेशका सम्पुर्ण साथीहरुलाई धन्यवाद दिनुपर्छ । किनकी हामी यतिवेला विपत्तीमा छौँ । सहयोगी मनहरुलाई उनले धन्यवाद दिए । तिलक खड्का, हरीप्रसाद उपाध्याय र स्थानीय यूवाहरुले सहजीकरण गरेका थिए ।
















































। २० श्रावण २०७७, मंगलवार