बारेकोट विशेष ः पहिरोले पुर्यायो २ घरमा क्षति,भागेर मानिसले ज्यान बचाए ।

जाजकाेट  । जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ७ सुवाकोटमा पहिरोले २ घरमा क्षति पुर्याएको छ । ५० मिटर माथी बाट आएको पहिराले स्थानीय जनकबहादुर शाही र भीमबहादुर शाहीको घर पुर्ण रुपमा क्षति भएको स्थानीय गोरखबहादुर सिंहले जानकारी दिए ।

घर भित्र बसेका स्थानीय दिनको समयमा पहिरो गएकोले भागेर ज्यान बचाएको प्रहरी चौकी सेपुखोलाले जानकारी दिएको छ । विस्थापित परिवार अहिले आफन्तको घरमा बसेका छन । मानवीय क्षति भने भएको छैन ।

तपाईको प्रतिक्रिया