समाज परिवर्तनमा अव्वल प्रहरी अधिकृत

No description available.

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ८ सेपुखोलामा केही समय पहिले जाँड रक्सी खाएर हल्ला गर्नेको संख्या धेरै थियो । त्यस क्षेत्रमा मदिराको वेचविखनले गाउँमा निकै विच्चली मच्चाएको थियो । श्रीमान र श्रीमतिको झगडा प्राय दिनमा आएकै हुन्थे । त्यस क्षेत्रका सक्ला, जुगेना ,लैखम,सुवाकोट छुतीपाल्ती र बण्डाला गाउँमा जुवातास, मदिरा सेवनले गाउँमा झैगडा देखि मानवीय क्षति समेत हुने गरेका थिए ।

तर ६ महिना पहिले सेपुखोला प्रहरी चौकीमा ईन्चार्जको रुपमा सहायक प्रहरी निरीक्षक गंगबहादुर चन्दको आगमन भयो । आएको समयदेखि हाल सम्म सहायक निरीक्षक चन्दले जनताको समस्या आफ्नै समस्या हो भनेर काम गर्न थाले । समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत मदिरा नष्ट अभियानलाई निरन्तता दिँदै गाउँमा अभियान थालेको स्थानीय कालीबहादुर बोहराले जानकारी दिए ।

उनले भनेर्, पहिले यति गाउँमा शान्तीको महसुस हुदैन्थ्यो जव प्रहरी चौकीमा गंग सरको उपस्थिती भयाृे अहिले धेरै शान्तीको महसुस भएको छ ।’ उनी मात्र होइन त्यस क्षेत्रका नागरिक अहिले सुरक्षा देखि अन्य कुरामा ढुक्क छन । कार्यक्रमले स्थानीय नागरिकहरुलाई सक्रिय गराई अभियानले मदिरा देखि समाजमा भएका विकृति अन्त्यको अभियान थालेको स्थानीय वीरराज सिंहले जानकारी दिए ।

उनले भनेर्, स्थानीय स्तरमा रहेका आमा समुहलाई सक्रिय गराई समाजमा शान्ति सुरक्षा कायम गर्न सफलता मिलेको छ । यसमा प्रहरी निरीक्षिक चन्दको ठुलो हात छ ।’ उनले जनताको सेवा मात्र गरेनन । नयाँ प्रहरी चेक पोस्टको निर्माण,भान्सा घर निर्माण लगायत चौकीको घेरावार गर्दै कार्यालयलाई व्यवस्थित बनाउन समेत ठुलो भुमिका निर्माण गरेका चौकीका कार्यरक्त एक सुरक्षाकर्मीले बताए । सहायक प्रहरी निरीक्षक चन्दले भेरीमालिका संग कुराकानी गर्दै भनेर्, मैले बारेकोटबासीका लागि केही पनि गरेको जस्तो लाग्दैन । जनता संग राम्रो सम्बन्ध कायम गरी काम गरिरहेको छु ।

यसलाई यहाँका जनताले राम्रो भनिरहेका होलान ।’ गर्न बाँकी धेरै छ यहाँको सुरक्षा कायम देखि जनतालाई सेवाको महसुस गराउने र जनता संग प्रहरी कार्यक्रमलाई सफल बनाउन समेत काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यस क्षेत्रमा भइरहेको अफिमको खेति धेरै भइरहेको छ । जनताले मलाई राम्रो गरेका छन भन्दैमा मख्ख भएर बस्नुभन्दा म आफ्नो मिसन सुरु भोली नै गर्छु उनले थपे ।

यहाँ घरेलु मदिरा नष्ट गर्ने देखि, जनतालाई सुरक्षाको व्यवस्था गर्नु, अफिम नष्ट गर्ने काममा मेरो पहिलो प्राथमिकता हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गरे । देशको सुरक्षा कायम गर्न यस्तै प्रहरी अधिकृतको खाँचो छ भन्नेको लर्काे नै छ । त्यसैले जनताको सेवा गर्नु नै नेपाल प्रहरीको दायित्व छ ।भेरीमालिका दैनकि

तपाईको प्रतिक्रिया