
शिशिर सिहं ठकुरी ( निर्दाेश )
बारेकोट गाउँपालीका ५ नायकवाडा घाटबजार , जाजरकोट
हाल मलेसिया निलाई ।।
जिन्दगी को सफरमा कोहि छुटेका छन
कोहि टुटेका छन छुटेकालाई मिलाउनु छ
टुटेकालाई जोडनु छ ऐ जिन्दगी प्रखेर्ना ।
खेत बारी बाँझो छ घर भत्किएको छ
बाँझो बारी फेरि हराभरा वनाउनु छ
भत्किएको घर फेरि वनाउनु छ
ऐ जिन्दगी प्रखेर्ना ।।
गाउँमा बाडि छ छोेरा खाडीमा छ
बाडिको गाउँ जोगाउनु छ खाडिबाट
छोरालाई घर बोलाउनु छ
ऐ जिन्दगी प्रखेर्ना।।।
आमाको फरिया च्यात्तिएको को छ
बाबाको कोट फाटेको छ
आमालाई नयाँ फरिया दिलाउनु छ
बाबालाई नयाँ कोट सिलाइदिनु छ
ऐ जिन्दगी प्रखेर्ना ।।।
छिमेकी ले सिमाना चिनेको छैन
सरकारले अझैकुरा छिनेको छैन
छिमेकिलाई तिम्रो हाम्रो सिमाना यहाँ
सम्म हो भनेर भन्नू छ
सरकारलाई कागज प्रमाण दिलाएर
कुरा छिन्नाउनुछ ऐ जिन्दगी प्रखेर्ना
ठुलो नोकर भएको पनि धेरै भयो
हुकुमि शासन सहेको पनि धेरै भयो
ठुलो नोकरबाट सानो मालिक बन्नु छ
हुकुमी शासनबाट म स्वतन्त्र भए है
भनेर भन्नू छ ऐ जिन्दगी प्रखेर्ना ।।
















































। १७ श्रावण २०७७, शनिबार