
जाजरकोट । बारेकोट गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बारेकोट ९ लामतराबाट सेपुखोला आउदै गरेको बजाजको २ सय २० सीसी पल्सर बाइक दुर्घटना हुँदा चालक बिनोद सिंह घाइते भएका हुन् ।
बारेकोटका प्रहरी सहायक निरीक्षक गंगबहादुर चन्दका अनुसार लामतराबाट सेपुखोला जानेक्रममा बारेकोट ८ बस्ने बिनोद सिंहको मोटरसाइकल दुर्घटना हुँदा झण्डै ५० मीटर तल खोल्सामा खसेको हो ।
घाइते सिंहको अवस्था सामान्य छ । सडकबाट खोल्सामा खसेको मोटरसाइकललाई भने खोल्साबाट बोकेर सडकमा ल्याइएको छ । पहाडी जिल्लामा बर्षायामको बेला मोटरसाइकल दुर्घटनामा पर्ने गरेका छन् ।
















































। १७ श्रावण २०७७, शनिबार