
जाजरकोट । बाढी पहिरोले बाटो र सडक बगाएपछि जिल्लाका दुर्गम गाउँमा खाद्यान्न अभाव भएको छ । गत असारको पहिलो साता देखि अवरुद्ध भएका सडक र घोडेटो बाटोबाट नियमित ढुवानी रोकिएपछि गाउँमा खाद्यान्न अभाव भएको हो ।
जिल्लाको बारेकोट गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । यस बर्ष असारमै नियमित पानी परेपछि अवरुद्ध भएका सडक नखुलेपछि दुर्गम गाउँमा खाद्यान्न अभाव भएको छ । खलंगा देखि बारेकोट सम्म निर्माण भएको सडक पुर्णरुपमा अवरुद्ध भएपछि बारेकोटमा खाद्यान्न अभाव भएको गाउँपालिका उपाध्यक्ष ओमा शाहीले जानकारी दिइन ।
जिल्लाको जुनीचाँदे गाउँपालिकामा जाने मुख्य सडक छेडा ÷ जुनी अवरुद्ध भएपछि स्थानीय महंगो मुल्यमा चामल किनेर खान बाध्य छन र्। यस बर्ष मनसुन समयमै सक्रिय भएपछि दुर्गम गाउँमा निर्माण गरिएका सडक धमाधम भत्किन थालेपछि सडक अवरुद्ध भए । गाउँमा न त यातायात जान्छन नत घोडा खच्चड नै त्यसपछि कठिन भोग्दै लिएका स्थानीयहरुले महंगो मुल्यमा चामल किनेर खान्छन ।
जुनीचाँदे गाउँपालिका कोर्ताङका हिमाल शाहीले भने ।’उनी मात्रै होइन जिल्लाका अधिकांश नागरिकहरु चर्काे मुल्यमा चामल खान बाध्य छन । कुशे गाउँपालिकाको पाँचकाटिया बजारमा समेत सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्री पुग्न सकेको छैन । पसलमा पहिले नै ढुवानी गरेको दैनिक उपभोग्य वस्तुको मूल्य चर्को रूपमा बढाएको छ ।
१९ सय रुपैयाँमा बिक्री हुँदै आएको २५ किलो चामल अहिले २२ सय रुपैयाँसम्म बिक्री गर्न थालिएको छ । पैसा हुनेले चर्काे मुल्यमा पनि किनेर खान्छ नहुनेले किन्न सक्दैन कसरी खानेहोला बारेकोट गाउँपालिका २ का शिला नेपालीले दुखेसो पोखिन् । गत असार २५ आएको बाढी पहिरो बाट प्रभावितहरुले अझै राहत पाउन सकेका छैनन ।
सडक अवरुद्ध भएपछि गाउँपालिकामा अभाव भएको उपाध्यक्ष शाहीले बताइन । उनले भनिनर्् सडक सञ्चालन भएको भए यहाँका नागरिकले खाद्यान्न पाउने थिए ।’ जाजरकोट देखि बारेकोट सम्म ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल नलिदाँ समस्या भएको खाद्य कार्यालय जाजरकोटका प्रमुख लोकबहादुर बस्नेतले जानकारी दिए ।
















































। १६ श्रावण २०७७, शुक्रबार