कक्षा ११ को मार्कसिट विद्यालयबाटै दिइने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने सबै अधिकार विद्यालयलाई नै दिने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयसँगै बोर्डले ११ को परीक्षाको आन्तरिक मुल्यांकन गरी मार्कसिट दिने जिम्मा विद्यालयलाई दिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले जानकारी दिए । ‘शिक्षा मन्त्रालयले कक्षा १० को जस्तै ११ को परीक्षा पनि विद्यालय नै नै आन्तरिक मुल्यांकन गर्ने निर्णय गरेको थियो ।’ उनले भने,‘त्यही अनुसार बोर्डले पनि विद्यालयलाई सबै जिम्मा दिएका छौँ । अब सबै मूल्यांकनको काम विद्यालयले गर्नुपर्छ ।’

उनले त्यो अधिकारसहितको कार्यविधि बनाउँदै गरिएको जानकारी दिदै उनले तीन दिनभित्रमा सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्यवस्थापन गर्न विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ। कक्षा १० को परीक्षाका लागि पनि बोर्डले त्यही व्यवस्था गरेको थियो । बोर्डका अनुसार कक्षा ११ को परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राख्‍ने छ भने, परीक्षा लिने र लब्धाङ्क प्रमाणपत्र दिने अधिकार विद्यालयलाई दिइएको छ ।

तपाईको प्रतिक्रिया