शारीरिक सम्बन्ध राख्दा यि गल्तीहरु भुलेर पनि नगरौं 

भरखरै विवाह गरेका र गर्न लागेका युवा युवतीहरुलाई आफ्ना अनुभवी साथीहरुले सुहाग रात देखि अन्य बेलाको यौन सम्बन्ध कस्तो हुन्छ, के गर्दा राम्रो हुन्छ, कसरी शारीरिक सम्बन्धलाई यादगार बनाउने किसिमका सल्लाह दिने गर्छन् । यौनका बिषयमा सल्लाह धेरै किसिमका हुन्छन् र दिने माध्यम पनि अहिले धेरै किसिमका भैसकेका छन् ।

यि सबै सल्लाह सबै नयाँ दम्पत्तिले पाउछन् भन्ने पनि छैन यदी यो सल्लाह पाए भने पनि यौन सम्बन्ध राम्रो नै हुन्छ भन्ने छैन । विविध कारणले गर्दा, सामान्य होसियारी नअपनाउदा र यौनसम्बन्ध राख्ने बेलामा देखाईने विभिन्न किसिमका ब्यवहारका कारणले धेरैको यौनसम्बन्ध निरस हुने गरेको देखिन्छ ।

त्यसैले तपाईहरुले पनि शारीरिक सम्बन्धको बेलामा केही सामान्य सावधानीहरु अपनाउनु भयो भने तपाईको यौन सम्बन्ध धेरै नै रमाईलो हुने छ । तर यसका लागि तपाईले केही बानीहरुका परिवर्तन भने गर्नै पर्ने हुन्छ ।

धेरै अश्लिल नबोल्ने

यौन सम्बन्ध राख्ने बेलामा धेरै जोडीहरुले कामोत्तेजना अझ बढोस् भनेर अश्लिल शब्दहरुको प्रयोग गर्ने गर्छन् । कामोत्तेजना बढ्ने सोचमा धेरैले चाहिने भन्दा बढी अश्लिल शब्दको पनि प्रयोग गर्ने गर्छन् । अत्याधिक अश्लिल शब्दको प्रयोग गर्दा कतिपय पार्टनरलाई मन नपरेको अवस्थामा प्रतिवाद गर्दैनन् । तर यसको प्रभाव यौन सम्बन्धमा परिरहेको हुन्छ । त्यसैले यौन सम्बन्धको बेला यौन उत्तेजना अझ बढ्ने बहानामा अश्लिल शब्दहरुको प्रयोग कमनै गर्ने गर्नुपर्छ ।

शरीरको बेइज्जत नगर्ने

शारीरिक सम्बन्ध राख्ने क्रममा धेरै दम्पतीहरु निवस्त्र हुने गर्छन् । शारीरिक सम्बन्ध राख्न निवस्त्र भएको बेलामा कहिल्यै पनि एक ले अर्काको शरीरका नराम्रा अंगहरुमा खोट लगाउनु हुदैंन । यस्तो किसिमको कार्य गर्दा पार्टनरले आफुलाई बेईज्जत गरेको संझन्छन् । कुनै पनि ब्यक्तिको भावनामा ठेस लाग्यो भने उसले चाहेर पनि यौन सम्बन्धमा रमाउन सक्दैन ।

फोनमा कुराकानी नगरौं

अहिले धेरै ब्यक्तिहरुको प्रिय साधन स्मार्टफोन भएको छ । यदी तपाई आफ्नो पार्टनरसंग यौनसम्बन्ध राख्ने मुडमा हुनुहुन्छ भने मोवाइल फोनलाई अफ राख्नु नै राम्रो मानिन्छ । शारीरिक सम्बन्ध राख्ने तयारी हुदाँ कतिपय ब्यक्ति फोन आएमा लामो समय कुराकानी गरेर विताउने स्वभावका हुन्छन् । तपाईको यस्तो बानीले तपाईको पार्टनरलाई यौनसम्बन्ध राख्ने मुडमा परिवर्तन आउन सक्छ । जसको कारण यौनसम्बन्ध नरमाईलो हुनसक्छ ।

निष्क्रियता नदेखाउने

आफ्नो पार्टनरसंग यौन सम्बन्ध राख्ने बेलामा आफुलाई जति सक्दो सक्रिय बनाउनु पर्छ । आफुमा निराशको भाव देखिएमा पार्टनरलाई पनि उत्साहमा कमी आउन सक्छ । त्यसैले आफ्नो पार्टनरसंग यौन सम्बन्ध राख्ने बेलामा सधै माया गर्ने, शरीरका अंगहरुलाई सम्सुमाउने जस्ता कार्य गरेर आफ्नो पार्टनरलाई सक्रिय बनाइरहनु पर्छ ।

तपाईको प्रतिक्रिया