छेडागाड नगरपालिकालाई इन्सेकद्वारा स्वास्थ्य सामग्री प्रदान

 

फोटो ः छेडागाड नगरपालिकालाई इन्सेकद्वारा प्रदानगरिएको स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै इन्सेक कर्णालीप्रदेश संयोजकनारायण सुवेदी र सामग्री ग्रहण गर्दै वडा अध्यक्ष गणेश प्रसाद जैसी ।

जाजरकोट । छेडागाड नगरपालिका स्थित विभिन्न क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई राहत पु¥याउने उद्देश्यले इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असार २३ गते नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । इन्सेक कर्णालीप्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले छेडागाड नपाकाको कार्यालयमा पुगेर सामग्री हस्तान्तरण गर्ने तयारी गरेका भएपनि प्रतिकुल मौसम र सडक अबरुद्व भएका कारण नगरपालिकाको समन्वयमा वडा नं १ का वडा अध्यक्ष गणेश प्रसाद जैसीलाई सामग्री प्रदान गर्नुभएको हो ।

छेडागाड नपाले असार १९ गते कोरोना संक्रमण न्युनिकरणका लागि सहयोग गर्न अनुरोध गरेपछि इन्सेकले स्वास्थ्य सामग्री सहयोग गरेको थियो । इन्सेकले प्रदान गरेको सामग्री ग्रहण गर्दै छेडागाड नगरपालिका वडा नं १ काअध्यक्ष जैसीले विषम परिस्थितीमा गरिने सानो सहयोग पनि मुल्यवान हुने भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो ।

नगरपालिकालाई सर्जिकलमास्क ३ सय थान, सय एमएलको सेनिटाइजर ७० थान, एन ९५ मास्क २० थान र लाईफ ब्वाय साबुन एक सय थान सहयोग प्रदानगरिएको इन्सेक कर्णालीप्रदेश कार्यालय सुर्खेतका सैयोजकनारायण सुवेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया