रुकुम पश्चिमको  चौरजहारी नगरपालिकामा एकजनामा कोरोना पुष्टी

बिवेक गौतम खत्री

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा थप एक जनालाई कोरोना पुष्टी भएको छ । चौरजहारी नगरपालिका–१४ का २८ बर्षिय पुरुषलाई कोरोना पुष्टी भएको हो । उनि गएको जेष्ठ ३१ गते हिमाचल प्रदेश भारतबाट आएका थिए  नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा बसेका थिए।

असार ९ गते स्वाबसंकलन गरि परिक्षणका लागि पठाएको थियो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय,स्वास्थ्य सेवा महाशाखाले आज जारी गरेको प्रेस विज्ञप्तीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा चौरजहारी नगरपालिका–१४ का २८ बर्षिय पुरुषलाई कोरोना पुष्टी भएको उल्लेख गरेको छ । उनि अहिले स्वास्थ्यकर्मीको निगरानिमा रहेका छन ।

२८ बर्षिय पुरुषलाई कोरोना पुष्टी भएपछि चौरजहारीमा संक्रमितको संख्या २ पुगेको छ । यस अघि चौरजहारी नगरपालिका वडा ३ का २३ बर्षिय एक स्वास्थ्य कर्मीमा कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया