जाजरकोटमा जिप दुर्घटना, २ जनाको अवस्था गम्भीर ५ घाइते

जाजरकाेट : जाजरकोटमा गए राती बोलेर जिप दुर्घटना हुँदा दुई जनाको अवस्था गम्भीर छ । भने पाँच जना घाइते भएका छन् ।जाजरकोटको छेडागाड नगरपालिका थलह बजारबाट जुनिचाँदे गाउँपालिका जाँदै गरेको लु २ च ४८४५ नं जिप छेडागाड नगरपालिका ६ लोड्नीमा गएराति दुर्घटना हुँदा दुई जना गम्भीर घाइते हुनुका साथै ५ जना घाइते भएका हुन् ।

घाईते हुने मध्ये जुनिचाँदे गाउँपालिका ४ लुहादहका फुरे खड्का र चन्दा खड्का गम्भीर घाइते भएका छन् भने सोही ठाउँका कृष्णबहादुर खड्का, रामबहादुर खड्का र कर्ण बुढा सामान्य घाइते भएका छन् । राहतको खाद्यान्न बोकेर गएको बोलेरो जिप सडकबाट करिब १२० मिटर तल खसेको हो ।

मंगलबार साँझ ५ बजेको घटना भए पनि करिब १० बजेतिर नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकलमा उपचारका लागि ल्याएको जाजरकोटका पत्रकार रेशमबहादुर खड्काले बताए । जिल्लामा कोरोनाको प्रकोप फैलिएको हुँदा घाइतेहरूलाई सिधै नेपालगञ्ज ल्याइएको हो । अहिले सबैको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया