कर्णाली प्रदेशमा १६ जना नयाँ कोरोना संक्रमित थपिए कोरोना संक्रमितको सख्या ६५७ पुगे

जाजरकाेट जेष्ठ २६ – कर्णाली प्रदेशमा कोरोना संक्रमित थप ११६ जना भेटिएका छन् । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कोरोनाका थप १६ जना संक्रमित भेटिएका हुन् ।

प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका १ जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताएका छन ।

कर्णाली प्रदेशमा हालसम्म संक्रमितको संख्या ६५७ पुगेको छ । ६५७ संक्रमितमध्ये दैलेखमा ३६७, सुर्खेतमा ९२, सल्यानमा १२४, जुम्लामा २२ कालिकोटमा २८, मुगुमा २, डोल्पा १ हुम्लामा १ र जाजरकोटमा ५ जना कोरोना संक्रमित रहेका छन् ।

कर्णाली प्रदेशमा बाहिरी जिल्लाका बाजुरा १, अछाम १०, बझाङ १ जना, हुम्ला १, जाजरकोट १, रामेछाप १ र गोरखा १, रहेका छन् । कोरोनाका कारणले कर्णालीमा तीन जना मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया