जाजरकाेट । स्वास्थ्य चौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मंगलबार मोटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
नलगाड नगरपालिका-९ तात्र निवासी ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएकाे थियाे । उनका श्रीमान् ३५ वर्षीय एकराज सिंहको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान मृत्यु भएको स्थानीय नवराज सिंहले जानकारी दिए ।
खिरखिरेमा मृतक दम्पतीसहित बालुवा निकाल्न गएका सोही गाउँका यज्ञबहादुर सिंह, कमला सिंह, तारा सिंह, तारा सिंह र लक्ष्मी सिंह घाइते भएका छन् । उनीहरुको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
















































। १४ जेष्ठ २०७७, बुधबार