उपचारको प्रखाईमा विपन्न परिवार, सयौँको अकालमा मृत्यु

तीर्थ बाेहरा / साना छोराछोरीहरु मजदुरी गरेर खान सक्ने अवस्था पनि छैन । जमिन बेचेर अलिकति खर्चको जोहो गरि उपचारको लागि गए तर पैसा नपुगेर उपचार नगरी फर्किएँ, सम्पत्तिको नाममा अलिकति जमिन बचेको थियो त्यो पनि रोडले फालेपछी माइतीको साहारामा बाँचीरहेका छौं । बारेकोट गाउपालिका ६ तासिका गोरख नेपालीले लामो सुस्केरा हाल्दै दुखेसो पोखे।

दुई छोरा, एक छोरी र आफू बुढाबुढी गरी ५ जनाको परिवार रहेको गोरख नेपालिको दिनचर्या अत्यन्तै कहालि लाग्दो छ । उमेरले ४५ बर्ष पुगेका गोरख नेपालिका खुट्टाका चार ओटा औलाहरु खसेका छन् । एउटा खुट्टा कुरकुच्छा र तीघ्रा पाकेर खसेपछी नेपालीका दुवै खुट्टा सुकेका छन् । तै पनि बल्लतल्ल लाठीको साहारामा यताउता हिडडुल गर्छन।

आर्थिक अभावले उपचार नपाएर बिगत ६ बर्षदेखी थलिएका नेपालिले अभावले रसाएका आँखा पुछ्दै भने ससुराली घरमा बसेको पनि धेरै भैसक्यो कतिदिन अरुको घरमा बस्नु स्वास्थ्य राम्रो भएको भए मजदुरी गरेर गासबासको ब्यबस्था गर्थे आफै थलिएपछि हामीलाई त दैनिकी चलाउनै गाह्रो भएको छ,पबबछोराछोरीको पढाइलेखाइकोत कुरै छोडौ पेट भरि खाना र लगाउने कपडापनि दिन सकेको छैन । उनले भाबुक हुँदै भने गाउँपालिकाले दिएको चामल, दाल, तेल र नूनबाट आजसम्म छाक टारेका छौँ ।गाउँपालिकामा जाने र भनसुन गर्ने क्षमता पनि नभएका उनले भने गाउपालिकाले उपचारकोलागि खर्च दिन्छ भन्ने सुनेको छु आफै जान सक्दिन भन्दिने कोहिछैन ।

तपाईको प्रतिक्रिया