कांग्रेस नेता राजिवकाे पहलमा कर्णालीमा कोरोना विरुद्ध करोडको सहयोग

जाजरकाेट । जाजरकोटका पूर्वसांसद एवं नेपाली काँग्रेसका नेता तथा समाजसेवी राजिव बिक्रम शाहकाे पहलमा कुमारी ट्रष्ट मार्फत कोरोना बिरूद्धको लडाईमा कर्णाली प्रदेशकाे लागि एक करोड बराबरकाे स्वास्थ सामाग्री सहयोग हस्तान्तरण हुने भएको छ ।कर्णाली अस्पताल सुर्खेतमा भेन्टिलेटर सहित ७० लाख र प्रदेशका अन्य १० जिल्लामा ३ लाखको दरले ३० लाख गरी जम्मा १ करोडको स्वास्थ्य सामाग्रीहरू कर्णाली प्रदेशमा पठाउने तयारी भएको शाहले बताए ।

सामग्रीहरु किनेर तयार छ पास बनाएर शनिबार सम्म कर्णाली जाने तयारी गरेको राजिव बिक्रम शाहले जानकारी दिए ।कर्णालीकाे स्वास्थ क्षेत्रमा सहयोग हाेस भनेर कुमारी ट्रष्ट मार्फत उक्त सहयोग गर्न थालेकाे शाहले बताए ।कुमारी ट्रष्टले सामाजिक सेवा र खेलकुद क्षेत्रमा विगत देखि काम गर्दै आएको छ ।समाज सेवामूलक कार्य गर्दै आएको कुमारी ट्रष्ट मार्फत शाहले विगत देखि कर्णाली क्षेत्रमा सेवा गर्दै आएका छन ।

शाहका अनुसार प्रदेश अस्पताल सुर्खेतमा सुविधा सम्पन्न पाँच वटा आइसियु बेड समेत वितरण हुदै छन ।स्वास्थ सामाग्रीहरु खरिद गर्दा कुन अस्पताल अथवा कुन जिल्लामा के अपुग र अभाव छ, भनेर सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीहरुकाे सल्लाहमा स्वास्थ सामाग्री खरिद गरिएको उनलेे बताए । सुर्खेत र जुम्ला बाहेक अरु जिल्लाका जिल्ला अस्पतालमा आवश्यकता अनुसार स्वास्थ सामग्रीहरु खरिद गरिएको हाे ।सुर्खेत प्रदेश र जुम्लामा स्वास्थ विज्ञान प्रतिष्ठान भएकोले यी ठाउँमा विषेश समन्वय गरिने शाहले बताए ।

प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरु सँग समन्वय गरेर प्रदेश अस्पतालकाे लागि र अन्य जिल्लाका डाक्टर तथा स्वास्थ्यकर्मी हरु सँग समन्वय गरेर जिल्लाका लागि स्वास्थ सामग्री खरिद गरिएकाे हाे ।खरिद गरिएका सामाग्रीहरु कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई हस्तान्तरण गरिने छ । काठमाडौ बाट सुर्खेत जानकाे लागि पास अनुमति पाउने बित्तिकै सामान लिएर शाहकाे टाेलि सुर्खेत जाने छ ।

यस अगाडि पूर्वसांसद शाहले जाजरकोटका स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई ३५ वटा सर्जिकल बेड समेत उपलब्ध गराइसकेका छन् ।यस्तै शाहले आफ्नो निजी लगानीमा जाजरकोटको छेडागाड नगरपालिका ५ वडा मा २५ शैयाको अस्पताल समेत निर्माण गरेका छन् । जाजरकोट निवासी शाहले प्राकृतिक प्रकाेप तथा अन्य समस्यामा परेका नागरिकको पनि हेलिकप्टर मार्फत यस अगाडि उद्दार गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया