
एचपी संवादाता । जिल्लाको बारेकोट गाउँपालिकामा रहेको घाट खाद्य डिपोको अनुगमन गरिएको छ । खाद्यान्नमा कालोबजारी गरेको समाचार एचपीबखर डटकमले एक हप्ता अघि प्रकाशन गरेपछि शुक्रबार अनुमगन गरिएको छ ।
बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहको नेतृत्वमा गएको टोलीले अनुगमन गरेको हो । अधिकृत सिंहले भने, “जिल्ला बाट प्रमुख जिल्ला अधिकारीले त्यहाँको वस्तुस्थिती बुझ्न लगाउनु भएको थियो ।,
के भएको हो भनेर हामीले अनुगमन गरेका हौँ ।” अनुगमन गर्दा पछिल्लो चामलको तौल ठीक छ तर अघि भएको चालमा गडबडी भएकै हो अव सुधार गर्नुपर्ने कुरामा जोड दिएको सिंहले एचपीखबर डटकमलाई जानकारी दिए ।

मिडियाले यति सम्म गर्न सक्छ ?
केही समय अघि नायकवाडा खाद्य डिपोमा तौलेर चामल उपभोक्तालाई नदिने कार्यालय समाचार प्रकाशन पछि नियमित नापेर दिने गरेको छ । बारेकोट गाउँपालिका भित्रका स्थानीयहरुको मुटु सम्म रहेको घाट खाद्य डिपोमा समस्या छ भन्ने सुनेपछि हामीले सम्बन्धीत विषयमा गहन अध्ययन गरेका थियौ । कार्यालयमा भएका समानहरु नै प्रयोग विहीन भएपछि नागरिकलाई कसरी सेवा दिइन्छ ? यो सबैको प्रश्न हो ।
त्यसपछि कार्यालयले नियमित नापेरै दिने गरेको कार्यालय प्रमुख जयकृष्ण चौधरीले जानकारी दिए । शुक्रबार गरिएको अनुमगनले पनि कार्यालयमा नियमित उपभोक्तालाई खाद्यान्न दिने, चामल कम भएको बोरामा पनि त्यसै मुल्य लिने कार्यालयलाई निर्देशन दिइएको बारेकोट गाउँपालिकाका शाखा अधिकृत प्रकाश बटालाले जानकारी दिए । बारेकोट गाउँपालिका भित्रका नागरिकलाई खाद्यान्नमा सहज वातावरण सिर्जना गर्न एचपीखबर डटकमले नियमित सवाल उठाउने सञ्चालक समितीका एक सदस्य लोकेन्द्र गौतमले जानकारी दिए ।
खलंगा खाद्य डिपो बाट नायकवाडा खाद्य डिपो सम्म ढुवानीको जिम्मा लिएका ठेकेदार मानबहादुर खड्काले आफ्नो तर्फबाट कुनै किसिमको गडबडी नभएको बताएका छन् । चामलमा भएको गडबडीमा आफै मिडीयाहरुलाई खटाउने र सत्य तथ्य बाहिर ल्याउने समेत बताए ।
उनले सदरमुकाम बाट नायकवाडा खाद्य डिपोमा अनुमगनमा आई चामल समेत तौलेर राखेको र यदि मैले गरेको गडबडी भए तिर्न तयार छु । यसमा सबैको साथको खाँचो भएको उनले बताए ।
बारेकोटका नागरिकहरुमा पनि अव तौलेर लिनुपर्ने चेतना जागेको एक स्थानीय रतनबहादुर नेपालीले बताए । बारेकोटमा भएका यस्ता कालोबजारीको चिरफास गर्न हामी सबैको हात छ । हामी चाहान्छौ तपाईको हात र सहयोगको ठुलो अपेक्षा गर्दछौँ ।
अनुमगन टोलीमा प्रहरी चौकी लिम्साका सही प्रमोद जंग शाह, अधिकृत प्रकाश बटाला, एचपीखबर डटकमका प्रधान सम्पादक कालीबहादुर नेपाली लगायतका व्यक्तिहरुले अनुगमन गरेका थिए ।
















































। २ जेष्ठ २०७७, शुक्रबार