काठमाडौँ । नेपालमा आज एकै दिन ५७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु जिल्लामा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जनामा कोरोना संक्रमण भेटिएको हो ।
संक्रमित सबै पुरुष रहेको बताइएको छ । उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ ।
















































। ३० बैशाख २०७७, मंगलवार