आज राति देखि कर्णाली प्रदेश एक हप्ता सिल

सुर्खेत – नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित फेला परेसँगै कर्णाली सरकारले सात दिनका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । संक्रमण फैलिन सक्ने सम्भावना भएकोले प्रदेशका सवै सिमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को वैठकले आज राती १२ बजेदेखि लागु हुनेगरी सात दिनसम्म प्रदेश आउने सबै नाका बन्द गर्ने निर्णय गरेको मुख्ममन्त्रीका प्रेस सल्लाहकार ध्रुर्ब बुढाथोकीले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले प्रदेशका २५ स्थानमा थप विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी पठाउने निर्णय गरिएको प्रेस सल्लाहकार बुढाथोकीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया