कालीबहादुर नेपाली बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर माथी मदिरा सेवन गरी हातपात गरेका छन् । गाउँपालिकाको केन्द्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरक्त डाक्टर नवीन साहनी माथी गएराती अर्थात शुक्रबार साँझ मदिरा सेवन गरी डाक्टर माथी आक्रमण गरेको प्रहरी चौकी लिम्साका सही प्रमोद जंग शाहले जानकारी दिए ।
उनका अनुसार डाक्टर माथी आक्रमण गर्ने तीन जनालाई प्रकाउ गरिएको छ भने आवश्यक प्रक्रिया पुर्याई सदरमुकाम पुर्याईने छ । प्रहरी चौकी लिम्साका अनुसार आक्रमण गर्ने सुरेन्द्र सिंह ,चक्रबहादुर बुढा र पदम नेपालीलाई प्रकाउ गरिएको छ ।
शुत्रबार साझ सात आठ बजेको समयमा आफु बसेको कोठामा एक्कासी आएर मदिरा पिएको झोकमा जथाभावी गाली गर्दै कुटपिट गरिएको पिडित सहानीले एचपीखबर डटकमलाई जानकारी दिए ।
उनले भने, “उनीहरुले मलाई अर्काको गाउँमा आएर हिरो बन्ने , भन्दै हातपात गरे ।” सहानीले थपे, उनीहरु संग कुनै परिचय समेत थिएन ।’ उनीहरुले मेरो बस्ने कोठामा समेत तोडफोड लगाएका छन् ।
स्थानीयका अनुसार रातीको समयमा डाक्टरको क्वाटरमै पुगेर हातपात गरी कुटपिट गरेका छन् । गाम्रीण क्षेत्रमा जनताको सेवामा लागेका डाक्टर माथी कुटपीट गर्नु निन्दनीय हो । दोषीलाई हदै सम्मको कारबाही हुन आवश्यक रहेको स्थानीयको भनाई छ । यता बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहले डाक्टर साहनी माथी आक्रमण गर्ने जो कोहीलाई हदै सम्मको कारबाही गर्न माग गरेका छन् । डाक्टरकाे अाँखा र टाउकाेमा चाेट लागेकाे छ ।
















































। २० बैशाख २०७७, शनिबार