सरकार !!!
विधिका शासनहरुमा उत्साह मौलाउछन
रहरहरु पलाउछन्।
एक क्षणको झरीले झै असमानताहरु
स्निग्ध,सफा र चट बनाउछ्न् ।
अत्याचारी, लालचि, असहिस्णु भावहरुलाइ
कहिल्यै नउम्रने गरी पन्छाउछन् ।
हो सरकार
मेरो देश त्यस्तो बनाइदेऊ
जहाँ पाखुरा, भ्रस्ट, अधिनायकले होइन
कानुनका अक्षर बाट शासित हुन परोस्।
शक्ति बिहिन र आवाज बिहिन हुदा
कस्तो हुन्छ गरिबलाइ होइन
तिमिलाइ थाहा होला
वर्षौं आशा अनि लालसामा भोट हाल्दै गर्दा
आफ्ना आँखा ओरपर
देश दुनिया बदलिदा
मेरो देशले रंग किन फेर्न सकेन
तिमिलाइ थाह होला
त्यसैले
ड्वाङ्,लहडि,मपाइत्व बाट होइन सरकार
बिधिको सुनौलो साजबाट राज भोग्नु परोस्।
तिमी बदलिय पनि विधि बदलीदैन्।
तिमी रिसाए नि विधि रिसाउदैन् ।
असल मनसाय कहिल्यै पराजित नहुने
विधिको शासनमा तिमी
जब जब
हलुका हलुका शासक प्रतिक हुन्छौ
जनताका मन मस्तिष्कमा र
बिकासका फाँटमा रमाइरहेका हुन्छौ ।
सरकार
फटाह र कुर्सि ओगट्ने बाट मात्र होइन
कञ्चन र कर्म योद्दाको शासन हेर्न परोस्।
लोकेन्द्र रावल
















































। १३ बैशाख २०७७, शनिबार