
कोरोना भाइरसको महामारीले अहिले विश्व आक्रान्त छ। कुनैपनि देश यो संकटबाट मुक्त हुन सकिरहेका छैनन्। अबस्था यति भयावह छकि दिनमै हजारौंको निधन सामान्य लाग्न थालेको छ। युरोपमा फुटबल गतिविधि स्थगित छ। मान्छेहरु घरमानै थुनिएका छन्। फुटबल क्लबहरुलाई आर्थिक अबस्था धान्न धौधौ छ।
यस्तोमा बार्सिलोनाले पहिलो पटक आफ्नो घरेलु मैदान क्याम्प नउको नामकरण अधिकार (टाइटल राइट्स) बेच्ने निर्णय गरेको छ। बार्सिलोनाले आफ्नो फेसबुक पेजमार्पmत एकवर्षका लागि प्रायोजकहरुलाई नामकरणका लागि रगशाला उपलब्ध गराउने निर्णय गरेको छ। कुल ९९ हजार दर्शक क्षमताको रंगशालाको नाम एक वर्षका लागि बिक्री गरेर आएको रकम कोभिड–१९ प्रकोपविरुद्धको अनुसन्धानमा हुने कार्यक्रमलाई प्रदान गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार बार्सिलोनाले अब आफ्नो घरेलु मैदान नउ क्याम्प अगाडि प्रायोजकको नाम पनि राख्ने छ। बार्सिलोनाले क्लब इतिहासमै पहिलो पटक नाम बेच्न लागेको हो। यसअघि बार्सिलोनाले आफ्नो जर्सिमा युनिसेफको लोगो निशुल्क लगाएको थियो। नउ क्याम्पको नाम बिक्रीको लागि अर्को सातादेखि प्रायोजक खोज्न काम सुरु हुने बार्सिलोनाले जनाएको छ।
















































। १० बैशाख २०७७, बुधबार