नवलपरासी बाट आएका ४ जना बारेकोटको क्वारेन्टाइनमा

बारेकोट । नवलपरासी बाट आएका बारेकोटका ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सोमबार गाउँपालिका भित्र प्रवेश गरेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए । स्वास्थ्य शाखामा कार्यरक्त अ.हे.व.डम्बर विक्रम कार्कीका अनुसार उनीहरु नवलपरासी काम गरिरहेका थिए ।

लकडाउनको समयमा खान वस्नको व्यवस्था नभएपछि नवलपरासी बाट जाजरकोट आएका थिए । उनीहरुको बारेकोट गाउँपालिका ४ जिरीका हुन ।

उनीहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा राखिने छ । १४ दिन सम्म कोरोनाको कुनै लक्षण नदेखिए घर फर्काइने छ भने लक्षण देखिए सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पठाइने कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया