शिबालय गाउँपालिकामा कोरोना द्रुत परिक्षण गर्दा २४ जनामा नेगेटिभ


जाजरकोट
बिश्व भरी माहामरिका रुपमा फैलिएको कोरोना भाइरस अथवा कोभिड-१९ बाट अहिलेसम्म जम्मा संक्रमीत २,२६१,०२४ पुगेका छन भने कुल मृत्यु हुनेको संख्या १५४,७२६ र निको हुनेको संख्या ५७८,९५६ पुगेको छ।नेपालमा जम्मा परिक्षण ७,७०२,जम्मा संक्रमण ३० र कुल मृत्युको संख्या शुन्य रहेको छ् भने २ जना संक्रमणबाट निको भइसकेका छन। कर्णाली प्रदेश र जिल्ला स्वास्थ सेवा कार्यालय जाजरकोटबाट खटिएको टिमले आज जाजरकोट शिबालय गाउँपालिकामा कोभिड-१९ को rapid diagnostic test (RDT) अथवा द्रुत टेस्ट गरिएको छ्। शिवालय गाउँपालिका का ९ वटै वडामा भारतका विभिन्न ठाउँमा रोजगारीको सिलसिलामा गएका २४ जनाको द्रुत टेस्ट भएको छ जस मध्यमा २४ जनाकै नेगेटिभ रिपोर्ट आएको छ्। अहिले सम्म जम्मा ६००० जनाको हाराहारीमा विभिन्न ठाउँबाट जाजरकोट नाका छेडा बजार ,चिउदह नाकाबाट भित्रीने मानिसहरुको चेक जाच भएको छ भने भारतका विभिन्न ठाउँबाट घर फर्केका अरिब २५० जनाको जरो मापन IR थेर्मोमिटर बाट लिइएको छ। शिबालय गाउँपालिकामा rapid diagnostic test को लागि गाउँपालिका अध्यक्ष नरेन्द्र शाहिले जिल्ला स्वास्थ सेवा कार्यालय जाजरकोट र प्रदेश सरकारलाई धन्यवाद दिनु भएको छ्। अध्यक्ष शाहिले (RDT) टेस्ट कीट प्रयाप्त रुपमा पठाउन प्रदेश सरकारलाई म्यासेन्जर कल मार्फत जानकारी गराउनु भयो ।अझै २५९ जनाको हाराहारीमा चेकजाच गर्ने आवश्यक RDT कीट उपलब्ध गराउन प्रदेश सरकार सङ्ग शिवालय गाउँपालिकाले माग गरेको छ।

तपाईको प्रतिक्रिया