नेकपा जिल्ला कमिटी र गाउँ कमिटीद्वारा कोभिड-१९ विरुद्ध तीव्रता

जाजरकोट
शिवालय गाउँपालिका नेपाल कम्नुस्ट पार्टी(नेकपा) जिल्ला कमिटी र गाउँ कमिटी सक्रिय रूपमा कोभिड-१९ विरुद्ध गाउँ गाउँमा पसेको छ । जिल्ला कमिटी सदस्य नरेन्द्र शाही,पुर्ण समीर महतारा, बिरबल खत्री ,प्रेम बहादुर बस्नेत,हरिबहादुर थापा (प्रकास) र गाउँ कमिटी अध्यक्ष रंगनाथ योगि आदिको नेतृत्वमा सिबालय गाउँपालिका ९ वटै वडामा बिश्वभर माहामारी रुपमा फैलिएको कोरोना भाइरस अथवा कोभिड -१९ बाट बच्न र बचाउन विभिन्न किसिमका जनचेतना फैलाउने काम गरेको छ ।

जनसमुदायमा अनावश्यक भिडभाड नगर्न,नियमीत रुपमा साबुन पानीको प्रयोग गर्ने बानिको बिकास,वैदेशिक रोजगारमा गएका गाउँपालिका बासिलाइ अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न आदि माइकिङ द्वारा वडा वडामा जनचेतना फैलाउने काम गरिएको छ। विभिन्न किसिमका लक्ष्यित बर्गलाई ध्यानमा राखी १०,००० थान माक्स र साबुन बितरण गरिएको शिवालय गाउँपालिका गाउँ कमिटी अध्यक्ष रंगनाथ योगिले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया