छाडा शब्दसहित सोनिका र दुर्गेशको मास्कर रिलिज, नेतामाथी प्रश्नै प्रश्न भिडियो हेर्नुहोस

२०७६ साल तिहारको अवसरमा गायक तथा मोडल दुर्गेश थापाले ‘ह्याप्पी तिहार’ बोलको गीत सार्बजनिक गरे । सार्बजनिक पश्चात सामाजिक सन्जालमा उनको चर्काे बिरोध पछि उनलाई प्रहरिले प क्राउ समेत गर्यो र गीतलाई परिमार्जित गर्न लगाईयो । जसपस्चात आफुले धेरै ठूलो पाठ सिकेको अभिव्यक्ति मिडियामा दिएका थिए ।

यतिबेला नया शैली र कन्सेप्ट सहितको गीत सार्बजनिक गरेका छन् । जस्को केही समय अगाडि ट्रेलर सार्बजनिक गरेका थिए । “मास्कर”बोलको गीतको सो ट्रेलर फिल्मी शैलिको भएको कारण सबैमा कौतुहलता जागेको थियो ।

सो कौतुहलता अहिले पूरा भएको छ । उनले सो गीतलाई नववर्ष २०७७ को उपलक्ष्यमा बैशाख १ गते रिलिज गरेका हुन् । जुन कुरा उनले यसअघि नै उद्घोष गरेका थिए । हाल सार्बजनिक गरिएको गीत निक्कै दमदार मात्र छैन गीत संगीतको क्षेत्रमा बिल्कुलै नया प्रयोग पनि भन्न सकिन्छ । साथै भिडियोलाई पनि उच्च प्रबिधिमा निर्माण गरिएको छ । सार्बजनिक भिडियोमा एक व्यक्ति छन । जो अनुहार छोपेका छन्, अर्थात मास्क लगाएका छन । हेर्नुस् भिडियो ।

तपाईको प्रतिक्रिया