
सल्यान : कोरोना भाइरसको सन्त्रासभन्दा पनि सल्यानका स्थानीयलाई भने खानेपानीको पिरलोले बढी सताउन थालेको छ । सुक्खा मौसमसँगै खानेपानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानी हाहाकार भएको छ । जिल्लाको बागचौर नगरपालिका २ लस्तम टाकुराका ३५ घरधुरीलाई खानेपानी कहाँबाट ल्याउने भन्ने चिन्ताले सताउन थालेको छ ।
एक गाग्री पानीका लागि दिनभर बिताउनुपर्ने बाध्यता रहेको स्थानीय डम्बर डाँगीले बताए । यस्तो समस्या वर्षौदेखि बेहोर्दै आइरहेको उनले बताए । ‘एकातिर कोरोनाको डर, अर्कोतिर बस्तुभाउ त परै जाओस् मानिसले खाने पानी कहाँबाट ल्याउने भन्ने छ,’ उनले भने ।
गाउँबाट करिब एक किलोमिटर टाढा रहेको पल्लाडाँडा र फिरावन ओरालबाट पानी ल्याउनुपर्ने बाध्यता छ टाकुराबासीलाई डाँगी थप्टन्, ‘एक गाग्री पानीका लागि रातभर जाग्राम बस्नुपर्ने हुन्छ, जो पहिले कुवामा जान्छ उसलाई मात्र पानी पुग्छ।’
शौचालय जाँदासमेत पानी नहुने उनले दुखेसो पोखे । वषौंदेखि खानेपानीको हाहाकार हुँदा पनि कसैले सम्बिन्धि निकायले कुनै वास्ता नगरेको स्थानीय बालाराम डाँगीले बताए । उनले पनि भने, ‘खानेपानीको व्यवस्था गरिदिन नगरपालिकालगायत सबै ठाउँमा धाइयो, तर कहीँ कतैबाट पनि हाम्रो समस्या समाधान हुन सकेन ।’
















































। २ बैशाख २०७७, मंगलवार