कोरोना संक्रमित बढेको बढ्यै, अमेरिका अगाडि, झुठो बोले ट्रम्पले

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट मंगलबार बिहानसम्म १९ लाख २३ हजार ६५१ जना संक्रमित भएका छन् । २४ घण्टामा थपिएका नयाँ संक्रमित ७१ हजार २८६ जना हुन् ।

त्यसमा सबैभन्दा बढी २६ हजार ४४८ जना अमेरिकाका हुन् । अमेरिकामा संक्रमितको संख्या ५ लाख ८६ हजार ७४८ जना पुगेको छ । मृतकको संख्या अमेरिकामा २३ हजार ६१८ जना पुगेको छ ।

नयाँ ज्यान जानेहरु अमेरिकामा १ हजार ५१३ हुन् ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झुठो बोलेका छन् । तथ्यांकले मृतक र नयाँ संक्रमित थपिइरहेका बेलामा पनि कोरोना नियन्त्रणमा आइसकेको दावी गरेका छन् ।

उनले दोष सन्चारमाध्यमलाई लगाएका छन् ।

दोस्रो स्थानको स्पेनमा १ लाख ७० हजार ९९ संक्रमित छन् । मृतक १७ हजार ७५६ जना हुन् ।

तेस्रो स्थानको पीडित राष्ट्र इटाली हो । इटालीमा १ लाख ५९ हजार ५१६ जना संक्रमित हुँदा २० हजार ४६५ जनाको ज्यान गएको छ । नयाँ मृतक ५६६ हुन् ।

चौथो फ्रान्समा १ लाख ३६ हजार ७७९ जना संक्रमित हुँदा १४ हजार ९६७ जनाको ज्यान गएको छ । नयाँ मृतक ५७४ जना हुन् ।

बेलायतमा ८८ हजार ६२१ जना संक्रमित हुँदा ११ हजार ३२९ जनाके ज्यान गएको छ । नयाँ मृतक ७१७ जना हुन् ।

तपाईको प्रतिक्रिया