बारेकाेट विशेष  ; भीरवाट खसेर युवकको मृत्यु

बारेकाेट । जिल्लाको वारेकोट गाउँपालिकामा भीरवाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्लाको वारेकोट गाउँपालिका वडा नम्वर ६का २२ वर्षिय इश्वर चलाउनेको भीरवाट खसेर मृत्यु भएको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहले वताए ।

उनले वाख्रा चराउन गएका वेला भीरवाट खसेका थिए । वर्षेनी भीरालो क्षेत्रमा घाँस दाउरा लिन जाने र वाख्रा चराउन जाने गरेका कारण स्थानीयको दैनिकी जोखिपुर्ण हुने गरेको स्थानीयहरु वताउछन् । मृतक चलाउनेले एक वर्ष अघि मात्र विहे गरेका थिए ।

तपाईको प्रतिक्रिया