बाहुबली अभिनेत्री तमन्ना यसरी रहन्छिन् फिट

एजेन्सी । बाहुबली चलचित्रमा दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटियाको सुन्दरता हेरेर दर्शकहरु दंग पर्दछन् । तपाईलाई आश्चर्य लाग्न सक्छ उनी आफ्नो अनुहार भन्दा शरीरको अन्य कुनै अंगको बढी रेखदेख गर्दछिन् ।

फिटनेस मन्त्रासाइज जीरो भएकी तमन्नाको फिटनेस फिलोसफि छैन

शक्तिवर्द्धक, आकर्षक, चुस्त र स्वस्थ महसूस गर्नको लागि म अभ्यास गर्छु । त्यहा कुनै छोटो सुत्र छैन। शरीरको दुखाइसँग घुलमिल छु । तपाईले राम्रो अभ्यास गर्नुपर्छ । तर सधै आफ्नो शरीरलाई बुझेर अभ्यास गर्नुहोस् ।

फिटनेस रेजिमन

मेरो जीवन अनियमित छ । जब मौका मिल्छ । तब अभ्यास गर्छु । दिनमा कम्तिमा एक घण्टा अभ्यास गर्दछु । योगा, पिलेट्स, क्रास-फिट र वेट ट्रेनिंग मेरा मुख्य अभ्यास हुन् ।

शरीरको कुन अंगलाई बढी सक्रिय गराउन मन पर्छ ?

म शरीरको अन्य सबै अंग भन्दा खुट्टालाई नै बढी सक्रिय बनाउछु । भनाइको अर्थ म बढी हिड्डुल गर्छु र अन्य अतिरिक्त अभ्यास गर‍्दा पनि खुट्टालाई बढी सक्रिय गराउछु ।

शरिरको कुन अंगलाई धेरै कष्ट दिन चाहाना हुदैन ?

शरीरको अन्य अंग भन्दा पाखुरालाई त्यति धेरै बल पुग्ने कार्य गरिदैन ।

अभ्यास गर्दा कस्तो अनुभव हुन्छ ?

तनावमुक्त हुन्छु । म अभ्यासको लागि नियमित जान सक्दिन तर एक पटक जब जुटछु तब राम्रो सँग गर्छु ।

अभ्यास नगर्दा के हुन्छ ?

सुस्ताएको अनुभव हुन्छ । एक इन्च हिड्न पनि भारी लाग्छ ।

कुन चलचित्रको लागि फिटनेस लेभल बदल्नु पर्‍यो ?

‘बाहुबलीको लागि मैले वास्तवमा आफ्नो फिटनेस कोटालाई बढाएको थिए । चलचित्रको भूमिका अनुसार यो आवश्यक थियो ।

एक अभिनेत्रीलाई फिटनेसको महत्व

कुनै दोस्रो प्रोफेशनभन्दा हाम्रो पेशामा सधै शारिरिक फिट हुन निकै आवश्यक छ ।

बलिउडमा फिटेस्ट हीरो

अक्षय कुमार

फिटेस्ट शरीर भएकि अभिनेत्री

दीपिका पादुकोण

फिटनेस र हेल्थ बिचको सम्बन्ध

फिटनेस नै स्वस्थ जीवनको चाबी हो ।

अभ्यास पाटर्नर

संगीत ।

आहारविहार

हरेक दुई घण्टामा केही न केही खान्छु । मेरो डाइट निकै सन्तुलित छ र अरुको तुलनामा म भिन्न तरिकाले खानपान गर्छु । वास्तवमा , मलाई यो डाइट निकै राम्रो लाग्छ । कहीले काही केही खान मन लागे डाइटमा चीटिंग पनि गर्छु ।

सिक्स पेक र साइज जीरोको ट्रेन्ड

सबैलाई आफ्नो लागि सही मानिस चुन्ने अधिकार छ । तर आफ्नो लागि म सिक्स पेक वा साइज जीरो बडीलाई सही मान्दिन । मलाई कर्वी हुन मन पर्छ ।

फिटनेसका शौखीनलाई सल्लाह

अभ्यास सुरु गरेपछि छोड्न मिल्दैन । यद्धपी अभ्यास समूचीत जीवनशैलीमा रूपान्तरणको मसला हो।

तपाईको प्रतिक्रिया